काठमाडौं। ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि मनाईदै छ ।
नेपालमा कूल जनसङ्ख्याको करिब ३ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् ।
दिवसको अबसरमा आज काठमाडौ लगाएत देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ डिसेम्बर ३ देखि यो दिवस मनाउन सुरू गरिएको हो ।
शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना तथा सञ्चार र स्वास्थ्य तथा सरसफाइ जस्ता न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच निकै कम रहेको अध्ययनले देखाएको छ ।
Facebook Comments Box