काठमाडौ । वैदेशिक रोजगार सम्बन्धी गुनासा सुन्न सरकारले निशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । पीडितका गुनासा सुन्न र तत्काल समस्या समाधानका लागि पहल गर्न वैदेशिक रोजगार विभागमा आइतबारदेखि निशुल्क टेलिफोन सेवा सुरु भएको हो ।
अव कुनै गुनासो भए वा समस्या परेमा १६६००१०९९९९ मा फोन गर्न सकिने विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिए । विभागमा सुरु भएको टेलिफोन सेवा तत्कालका लागि कार्यालय समयमा र यसलाई २४ घण्ट सञ्चालनमा ल्याउने तयारी भैरहेको छ ।
यस्तै उजुरी आएपछि कारबाहीका लागि प्रहरी सहितको टोली राख्ने विषयमा पनि छलफल भैरहेको बताइएको छ । प्रहरी सहितको टोली राखे उजुरी आएपछि प्रहरीले तत्काल पक्राउ गरेर विभागमा बुझाउने छ ।
Facebook Comments Box