महेन्द्रनगर (धनुषा) । मित्रराष्ट्र भारतका प्रख्यात योगगुरु बाबा रामदेवले चाँडै नै जनकपुरधाममा साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
![]()
शनिबार दिउँसो १२ बजेदेखि हजारौँको सङ्ख्यामा बाबा रामदेवलाई स्वागत गर्न जनकपुरको ऐतिहासिक तिरहुतिया गाछीमा भेला भएका स्थानीयलाई सम्बोधन गर्दै उनले जनकपुरधाम आएर जानकी मन्दिरमा दर्शन गर्न नसकेकोमा दुःख व्यक्तगर्दै चाँडै नै पुनः जनकपुर आई साताव्यापी योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
योगगुरु रामदेवले जनकपुरले आफूलाई लोभ्याएको भन्दै यो भूमिलाई योगकेन्द्रका रुपमा विकास गर्न सरोकारवालालाई आग्रहसमेत गरे।
Facebook Comments Box