विर्तामोड । तरकारी र फलफुलजन्य उत्पादनको अनलाइनबाट विक्री वितरण गर्नका लागि चिजविज डटकमको शनिबारबाट आरम्भ गरिने भएको छ ।
अनलाइन मोर्कटमा नेपालीको विश्वास बढ्दै गएका वेला यो अनलाइन सपिङ साइट काठमाण्डौंबाट सुरु गरिँदैछ ।
हाल राजधानीभरि यो साइटको सेवा उपलब्ध रहेको अध्यक्ष प्रज्ञान थपलियाले खबरमञ्चलाई बताए ।
‘काठमाण्डौंको सुविधानगर, तीनकुनेमा रहको कार्यालयमा विहान ७ बजे एक समारोहको आयोजना गरिएको छ’, झापा स्थाई घर भएका थपलियाले थपे, ‘डा. राजकमार भट्टराईले यसको उद्घाटन गर्दै हुनुहुन्छ ।’

नेपाली किसान, उत्पादन र उद्यमीलाई बजारिकरणमा सघाउ पुर्याउने उद्देश्यले चिजविज डटकम सुरु गरिएको प्रविधि एवम् बजार प्रुमख भुवन गिरीले बताए ।
उनले भने, ‘गुणस्तरीय उत्पादनलाई सर्वसुलभ रेटमा हामी उपभोक्ताको घरसम्म पुर्याउने छौं ।’
५ सय रुपैयाँभन्दा धेरैको खरिद गर्दा फ्रि होम डेलिभरीको सुविधा रहेको सिइओ हरिप्रसाद कट्टेलले बताए ।
उनका अनुसार विस्तारै चिजविचलाई व्यापक बनाइ कार्य क्षेत्र देशैभर फैलाउने उद्देश्य राखिएको छ ।