विर्तामोड । झापाको विर्तामोडमा रहेको विएण्डसी शिक्षण अस्पताल उत्कृष्ट स्वास्थ्य सेवा कर दाताको रुपमा सम्मानित भएको छ ।
बुधबार आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्रांगणमा भएको कर सप्ताह समापन कार्यक्रममा उक्त अस्पताललाई सम्मान गरिएको हो ।
सम्मानपत्र शिक्षण अस्पतालका प्रिन्सिपल डा. उमेशकुमार शर्माले ग्रहण गरे । झापा जिल्ला अदालतका न्यायधीश सुदर्शन पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
विएण्डसी शिक्षण अस्पतालले मेची तथा कोशीका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
Facebook Comments Box