भद्रपुर । जेष्ठ नागरिक सेवा केन्द्र तथा सामुदायिक भवन कार्यलाई सम्पन्न गर्ने उदेश्यले झापाको भद्रपुर– ६ भानुनगर स्थित श्री सिद्धेश्वर महादेव तथा पाथिभरा बैष्णुदेवी मन्दिरमा यही मंसिर ११ गतेदेखि बराह पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

बाल व्यास पण्डित कृष्ण कोइराला तथा बरिष्ठ भजन गायक कृष्ण भण्डारीले मंसिर ११ देखि १७ गते सम्म पुराण बाचन गर्नेछन् ।
मंसिर ११ गते शनिवार विहान कलशयात्रा गर्दै सोही दिन पुराणको विधिवत उद्घाटन हुने आयोजक समितिले जनाएको छ ।
दुई बर्षअघि पुराणबाटै आर्थिक संकलन जुटाई भवन निर्माण कार्य सुरु गरिएको थियो । एउटा हल सहित दुई वटा कोठामा काम अझै बाकी रहेकोले मन्दिर समितिले पुनः पुराणको आयोजना गरेको बताइएको छ ।
Facebook Comments Box