इजरायल । स्तन क्यान्सरबाट पीडित झापा तोपगाछी– ७ सानो केर्खाकी मायादेवी कार्कीलाई इजरायलबाट केहि सहयोग गरिएको छ । प्रवासी सिर्जनशील महिला समूह दमक (हाल इजरायल) ले कार्की र २०७१ साल जेठ २५ पूर्वपश्चिम राजमार्गको तोपगाछी ५ स्थित एकता चौक नजिकै दुर्घटनामा परि घाइते भएकी उनकी छोरी कमला कार्कीलाई १ लाख ४५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सिर्जनशील महिला समूह इजरायलले पठाएको नेपाली १ लाख ३० हजार रुपैयाँमा झापा दमकमा स्थापना भएको सामाजिक संस्था ए–टू–जेड दमकले १५ हजार रुपैयाँ थप गरि उक्त सहयोग गरिएको हो |
प्रवासी सिर्जनशील महिला समूहकी अध्यक्ष श्रीमती माला योञ्जनले सहयोग रकम काठमाडौंमा पीडितलाई हस्तान्तरण गरेकि छिन्, समूहले गत भदौमा पनि झापाको दमक– १८ का मृगौलापीडित कमलकुमार मगरलाई ६४ हजार ७ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
Facebook Comments Box