काकरभिटा । ३ वटा चोरीको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यलय काकरभिटाले ४ जनालाई काकरभिटा र धुलाबारीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर १० काकरभिटाका मनिस तामाङ, क्येनोडी भुजेल, मेचीनगर नगरपालिका ५ का फुर्वा शेर्पा र मेचीनगर ८ निवासी सनप सुब्बा रहेका छन । केही दिन अघि जनसंसद दैनिकका कार्यकारी सम्पादक अर्जुन कार्कीको हराएको मोटर साईकल पनि उनिहरुबाटै फेला परेको छ । पत्रकार कार्कीले प्रयोग गरिरहेको यामाहा कम्पनीको एफ जेड आर मोडलको मे४प ६४८५ नम्बरको मोटरसाईकल घर मै राखेको अवस्थाबाट हराएको थियो । कार्कीको मोटरसाईकल सँगै मे२प २१८३ नम्बरको डिस्कोभर र मे३प ४६६८ नम्बरको पल्सर मोटरसाईकल पनि फेला परेको हिजो पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
सो २ वटा मोटरसाईकल धनी भने अहिले सम्म पत्ता नलागेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान पश्चात ३ वटै मोटरसाईकल सम्बन्धित व्यक्तीलाई दिईने ईलाका प्रहरी कार्यलय काकरभिटाका डिएसपि दुर्गाराज रेग्मीले बताएका छन ।