विर्तामोड । नेकपा माओवादी निकट लिम्बूवान राष्ट्रि मुक्ति मोर्चा नेपाल, झापा कमिटी गठन भएको छ । मंगलबार विर्तामोडमा भएको एकता भेलाले जेबी जवेगुको अध्यक्षतामा समिति गठन गरेको हो ।
बुधबार पत्रकार भेटघाटको आयोजना गरी मोर्चाले उपाध्यक्षमा धनबहादुर लोङ्गवा, अस्मिताकला लिम्बू र छत्रहाङ् लिम्बू, कोषाध्यक्षमा पार्वता लिम्बू, सचिवमा अर्जुन लिम्बू र सहसचिवमा गौरव लिम्बू चयन भएको जानकारी दिएको छ ।
८१ सदस्यीय कार्यसमिमिा १० जनापछि मनोनित गरिने मोर्चाले जनाएको छ ।
Facebook Comments Box