मेचीनगरपालिका । खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मेचीनगरपालिका– ११ का ३३ वर्षीय कुमार मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
मङ्गलबार स्थानीय पालिया खोलामा माछा मार्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि विर्तामोडमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box