बाहुनडाँगी । झापाको बाहुनडाँगी ३ स्थित आइतबारे खोलामा मंगलबार डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही बाहुनडाँगी १ बस्ने ३० बर्षिय हुसेनरु मोक्तान रहेका छन् ।
खोलामा कपडा धुन भनी गएका मोक्तानलाई स्थानीयले पानीमा डुबेर मृत अवस्थामा भेटेपछि प्रहरीमा खबर गरेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले जनाएको छ ।
Facebook Comments Box