झापा । झापाको कनकाई नगरपालिका स्थित बिरिङ खोलामा २ जनाको शव फेला परेको छ ।
कनकाई – ८ स्थीत माईती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनका छोरा ३ वर्षीय शिशिर विकको शव रहेको प्रहरीले जनाएको छ ।
उमा शनिवार राती माइती घरबाट नावालक छोरा बोकेर हिडेकी थिइन् ।
छोराको शव दिउँसो कनकाई ६ स्थित विरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला पारिएको थियो ।
घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box