झापा । झापाको अर्जुनधारा नगरपालिका ४ मदनपुरबाट लागुऔषध खैरोहिरोइन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा-२ का १८ बर्षीय एबिट बुढाथोकी, ३० बर्षीय सजित समाल र अर्जुनधारा-३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन् ।
बिशेष सुचनाका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाइएको प्रहीले जनाएको छ ।
Facebook Comments Box