काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) र पाटन प्याथोलोजी ल्याब प्रालिबीच फोटो पत्रकारहरुको लागि स्वास्थ चेकजाचको क्रममा ल्याब र क्लिनीकबाट सेवा लिए वापत लाग्ने कुल रकमको पचास (५०) प्रतिशत छुट दिने विषयमा आज एक कार्यक्रमको बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । (एनएफपीजे)का अध्यक्ष धु्रव आले र पाटन प्याथोलोजी ल्याबका अध्यक्ष रेशम भट्टराईका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्पूर्ण फोटो पत्रकारहरुको स्वास्थ्यको लागि यो लाभदायक हुने विश्वास गरिएको छ । उक्त सेवा उपयोग गर्न हामी सम्पूर्ण फोटो पत्रकारहरुलाई एनएफजेले अनुरोध गरेको छ । उक्त कार्यक्रममा साथै पत्रकारको परिवारको हकमा ३५ प्रतिशत छुट प्रदान गरिने सम्झौता भएको छ ।
Facebook Comments Box