मोरङ । मोरङको उर्लाबारी नगरपालिका १ बाट प्रतिबन्धित औषधी सहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका १ झारासादीका २० बर्षीय उमेश धिमाल रहेको प्रहरीले जनाएको छ ।
शनिबार राती १२ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol -५७५ ट्याब्लेट र Spaspain -५७० ट्याब्लेटबरामद गरेको हो ।
धिमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box