बिराटनगर । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाइ २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।
गत भदौ ९ गते दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्केपछि खोजतलास गर्ने क्रममा बिहीबार १० गते बिहानको राति पौने २ बजे घर देखि अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको थियो। घटनाको प्रकृति हेर्दा हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको थियो।
घटनाको प्रकृति, स्थानियबासीलाई सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले बिहीबार मृतकका भाइ नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले घरायसी बिबादका कारण भैंसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको बयान दिएका छन्।