काठमाडौं । कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ ।
झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरेको छ । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
Facebook Comments Box