झापा । प्रहरी भन्दै पैसा माग्ने र कुटपिट गर्ने झापाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका-७ बस्ने बर्ष ४० का बिकाश उप्रेति र बिर्तामोड नगरपालिका-३ पश्चिम धर्मकाँटा बस्ने बर्ष ३२ का टिका खत्री रहेका छन् ।
गत साउन ११ गते दिउँसो नयनसरी राजवंशीको घरमा सादा पोसाक (सिभिल) प्रहरी हौं भन्दै पुगेका उनीहरुले २० हजार रुपौंया मागेका थिए ।
उनीहरुले छोरो लागुऔषध खाने बेच्ने गरेको बताउँदै पैसा नदिए मुद्धा हाल्ने धम्की समेत दिएका थिए ।
पिडित नयनसरी राजवंशीले दिएको निवेदनको आधारमा उनीहरुदाई पक्राउ गरीएको प्रकरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई अभद्र ब्यवहार मुद्धा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको छ ।
Facebook Comments Box