झापा । झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० बर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
राजवंशीको साथबाट प्रहरीले लागुऔषध सहित डिजिटल काटा १ थान, नगद ५,२३० रुपैयाँ र विभिन्न कम्पनीको ४ थान मोबाइल समेत बरामद गरेको छ ।
यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ बाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार राती १० बजे ७५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित स्थानीय ३६ बर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ बर्षीय विनोद परियार, बेलका नगरपालिका–७ का २८ बर्षीय मेजरमान राई र २९ बर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।