झापा । झापाको बिर्तामोडमा–५ स्थित सुगम पेट्रोल पम्प नजिक अर्धनग्न अवस्थामा शव फेला परेकी युवती अनुसन्धानका लागि तालिमप्राप्त कुकुर र डाक्टर मगाएको छ ।
थप अनुसन्धानका लागि भन्दै प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर र डाक्टरसहितको टोलि मगाएको हो ।
आज बिहान २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।
सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
उनका अनुसार शवलाई हालसम्म कसैले हात नलगाई थप अनुसन्धान भइरहेको छ । उनी भन्छन्, तालिमप्राप्त कुकुर र डाक्टरसहितको टोलि मगाएका छौं । आइपुगेपछि बाँकि अनुसन्धान सुरु हुन्छ ।’
मृत युवती स्थानीय श्रृजनशील बचत तथा ऋण सहकारी संस्थामा कलेक्टरको काम गर्दे आएकि थिइन् ।