बिर्तामोड । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ ।
बिर्तामोड ५ स्थित सुगम पेट्रोल पम्प नजिक अर्धनग्न अवस्थामा आज बिहान एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
आफन्तको घरमा परिवारसहित बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको अर्धनग्न अवस्थामा घर नजिकै फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
बस्नेत बिर्तामोडस्थित एक सहकारी संस्थामा कलेक्टरको काम गर्ने कर्मचारी भएको बताइएको छ ।
घट्ना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box