मोरङ । मोरङको विराटनगरमा धारिलो हतियार प्रहार गरि आफ्नै दाजुको हत्या गरेका छन् ।
विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षीय दाजु भोला सिंहलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका ह्न् ।
हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा सिंह घाइते भएका थिए ।
उनको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Facebook Comments Box