काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत सोमबार यु होङ काठमाडौँ आइपुगेकी छन् ।

सोमबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दुतावासका कर्मचारीले स्वागत गरेका छन् । वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो ।
एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत यु होङ बरिष्ठ कुटनितिज्ञ पनि हुन् । उनी यसअघि इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत कार्यरत थिइन् ।
नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला रहेका बेला चीनले पनि महिला राजदूत पठाएको छ ।
Facebook Comments Box