काठमाडौं । भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले आफ्नो तर्फबाट सरकारलाई रकम दिएको छ ।

नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६ करोड १७ लाख १३ हजार सात ८३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । यस्तै ’मेरो धरहारा मै बनाउँछु’ भन्ने अभियान पनि चलाइएको छ ।
अहिलेसम्म अभियानमा तीन करोड रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दाहालले नेपालीकै सहयोगमा धरहरा छिट्टै बन्ने बताए ।
Facebook Comments Box