बिर्तामोड । झापाको मेचीनगर नगरपालिकामा क्र्याप ब्यान्डेजले बाँधेर एक जनाको हत्या गरिएको छ।
मेचीनगर ५ ईंटाभट्टा अधेरी टोल बस्ने ४० वर्षिय भीमराज लिम्बुलाई त्यसरी हत्या गरिएको हो।
राति ८.४० बजे अधेरी टोलस्थित ग्राभेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याप ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा उनको शव फेला परेको थियो।
घटनामा संलग्न भएको आरोपमा मेचीनगर ५ बस्ने ५६ वर्षिय सुकराज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक सोधपुछ गर्ने क्रममा आपसी झगडा हुँदा आफूले खुट्टामा बाँध्ने क्र्याप ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको कुरा लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन्।
Facebook Comments Box