Browsing: प्रदेश समाचार

विर्तामोड । झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक…

चुनावी प्रसारका दृष्टिले चर्चामा रहेको पश्चिम झापाको दमक नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर पदमा सात जना चुनावी मैदानमा उत्रिएका छन् । उपमेरमा भने पाँच जना उम्मेदवार देखिएका छन् ।

मध्य झापामा पर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्न मैदानमा उत्रिएका उम्मेदवारले विभिन्न एजेण्डा अघि बढाएका छन् ।

झापाका स्थानीय तहमा विभिन्न दलबाट उमेदवार बनेकाहरु बाजागाजा सहित घर दैलो र कोणसभा गर्दै निर्वाचन प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।कतिपय उमेदवार र दलका कार्यकर्ताहरु नाचगान गर्दै मतदाताका घरघरमा पुगिरहेका छन् । उनीहरुको गीतमा विकासकै आश्वासन सुनिन्छन् ।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि भद्रपुर नगरपालिकामा शिव राजभण्डारीको नेतृत्वमा उम्मेदवार घोषणा गरेको छ ।

निर्वाचनमा सहभागी हुनका लागि निर्वाचन आयोगमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नामक पार्टी दर्ता गराएको क्रान्तिकारी नेकपा माओवादीले बिर्तामोड नगरपालिकाको मेयरको नाम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाको निर्वाचनमा मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन् ।

नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेको छ ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा झापामा विभिन्न ठाउँमा झण्डा राख्ने होडबाजी चलेको छ । जिल्लाका राजनीतिक दलका कार्यकर्ताबीच आफ्नो पार्टीगत झण्डा राख्ने ‘प्रष्तिपर्धा’ चलेको हो ।