Author: खबरमञ्च
काठमाडौँ- बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घरनजिकको खेतमा पानी लगाउन गएका बेला बिहानको राति ३ बजेतिर हात्तीले अमिनालाई आक्रमण गरेको थियो । पैनीबाट पानी ल्याउने क्रममा जंगली हात्तीले आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । अमिनालाई हात्तीले आक्रमण गरेपछि बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर लागेको थियो ।…
झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणका क्रममा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ। दमकको क्याम्पस मोडमा भइरहेको कार्यक्रममा प्रधानमन्त्रीको सवारी चलिरहेकाले माइक नबजाउन प्रहरीले आग्रह गर्दा नमानेपछि हस्तक्षेप भएको हो। रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकका अनुसार, प्रहरीले माइक नबजाउन आग्रह गर्दा आफूहरूको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले नरोक्ने बताएपछि साउन्ड सिस्टम फुटाइदिएको र पेनड्राइभ खोसेर लगेको थियो। प्रहरीको यो हस्तक्षेप निन्दनीय भएको पाठकले बताए। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्ध जनसमर्थन जुटाउन रास्वपाले देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनेर गाउँपालिका कार्यालयले दुई दिन अघिदेखि प्रचार गरेको थियो। सोही प्रचारका क्रममा पालिकाबासीलगायत अन्य स्थानका व्यक्तिहरूले सामाजिक सञ्जालमा अनेकौं टिप्पणी गरेका थिए। यस अघि नै उद्घाटन भइसकेको अस्पताललाई किन फेरि अर्को पटक उद्घाटन गर्नुपर्यो भनेर पालिकाबासीको जिज्ञासा थियो। शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको भवनको शिलालेख प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरे। उनैले अस्पताल भवन पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि रिबन काट्ने बेलामा प्रधानमन्त्री ओलीले भागिरथा न्यौपानेका छोरा कुलप्रसाद न्यौपाने र जेठी बुहारी गंगादेवी न्यौपानेलाई खोजे। दर्शक दीर्घामा…
झापा – प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि आज झापा आइपुग्दै छन्। उनी आज र भोलि (असार २८ र २९ गते) झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ। कार्यक्रम तालिकाअनुसार, प्रधानमन्त्री ओलीले आज बिहान साढे ११ बजे झापाको बुद्धशान्ति गाउँपालिकास्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नेछन्। आजै दिउँसो १ बजे इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन, सुकुम्बासीलाई धनीपुर्जा वितरण र खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुनेछन्। त्यसैगरी, आजै कनकाई नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओलीले सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ। भोलि (असार २९ गते) प्रधानमन्त्री ओलीले दमकस्थित पूर्वपश्चिम राजमार्गको…
झापा – झापाको बिर्तामोड क्षेत्र डेंगु संक्रमणको ‘हटस्पट’ बनेको छ। जिल्लाभर देखिएका कुल डेंगु संक्रमितमध्ये अधिकांश बिर्तामोडकै रहेका छन्। पछिल्लो तथ्यांकअनुसार, जिल्लाभर ७५ जना डेंगु संक्रमितमध्ये ६८ जना बिर्तामोडका हुन्। यसबाहेक, गौरादहमा ६ जना र दमकमा एक जना संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले डेंगु संक्रमितहरूको संख्या दिन प्रतिदिन बढिरहेको बताउनुभयो। गत साता बिर्तामोडमा ४८, दमकमा १ र गौरादहमा ६ गरी कुल ५४ जना डेंगु संक्रमित रहेका थिए, जसले एक सातामै संक्रमणको दरमा उल्लेखनीय वृद्धि भएको देखाउँछ। गत साता झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो। बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत शिवसताक्षीकी ११ वर्षीया सुरविरा…
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताएका छन्। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले खेलकुदको विकासमा मात्र ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। नेपाल प्रिमियर लिग (एनपीएल) का विषयमा भइरहेको राजनीतिकरणप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले खेलकुद रोकिन नहुने स्पष्ट पारे। उनले भने, “सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो। त्यहाँ राजनीतिक गर्नुभएन।” खेलकुदको सन्दर्भमा पनि यही सिद्धान्त लागू हुने बताउँदै प्रधानमन्त्री ओलीले थपे, “खेलमा हो…
झापा – झापाको बिर्तामोडमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। गएराति १०:४५ बजे बिर्तामोड–२, रामचोकस्थित सडकछेउमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक जना व्यक्ति गम्भीर घाइते अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजवंशीको टोलीले गस्ती गर्ने क्रममा करिब ४० वर्षका ती पुरुषलाई गम्भीर अवस्थामा फेला पारी उपचारका लागि बिर्तासिटी अस्पताल पठाएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ। पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ। मृतकको शव सोही…
झापा – झापाको बाह्रदशी गाउँपालिका–१, खयरबारीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दुर्घटनामा स्कुटर चालक कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगञ्ज, डिगलबैंक निवासी २७ वर्षीय सुरज टुडूको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मृतक राजवंशीका ७ वर्षीय नाति आयुष राजवंशीको राति ९ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। यस्तै, घाइते भएकी मृतककी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अवस्था गम्भीर रहेको…
झापा- गोली प्रहार गरी दुईजना लागुऔषध कारोबारी पक्राउ परेको भोलिपल्ट झापामा ठूलो परिमाणसहित फेरि एकजना पक्राउ परेका छन् । बुधबार दिउँसो ३ बजे झापा गाउँपालिका वडा न.१सुडुघुट्टीमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको गस्ती टोलीले भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत वडा न.५ बस्ने ६० वर्षीय गबरी साहलाई लागुऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको ट्रयाक सुटको बायाँ साईडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित १०१ग्राम ६३ मिलिग्राम ब्राउनसुगर फेला परेको हो । साइकलसहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा…
झापा – झापाको बाह्रदशी गाउँपालिकामा आज दिउँसो मोटरसाइकल र स्कुटर एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने एक बालकसहित दुई जना गम्भीर घाइते भएका छन्। आज दिउँसो ३:४० बजे बाह्रदशी गाउँपालिका–१, खयरबारीस्थित भित्री सडकखण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकापसमा जुधेको थियो। दुर्घटनामा दुवै सवारीका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा स्कुटर चालक कचनकवल–३, डाकुपारा बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगञ्ज जिल्ला, डिघलबैक थाना करलाबारी–१४ बस्ने २७ वर्षीय सुरज टुडू रहेका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक…