Author: खबरमञ्च

झापा- झापा कचनकवलका एक युवक र अर्की युवती लागुऔषध ब्राउनसुगरसहित बिर्तामोडमा पक्राउ परेका छन् । बिर्तामोड वडा नं ८ नारायण कृष्ण टोलस्थित कबिता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल वडा नं.७ बस्ने २६ वर्षीय खड्गसिंह माझी र सोही ठाउँ बस्ने २० वर्षीय मुस्कान भुजेल ब्राउनसुगरसहित पक्राउ परेका हुन् । मंगलबार दिउँसो ४ बजे कोठामा अबैध रुपमा लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएर चेकजाँच गर्दा भाडामा बसेको भुइँतलामा सुत्ने ओछ्यानको सिरानीमुनि प्लाष्टिकसहित ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुबैलाई लागुऔषधसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

कचनकवल– कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि लक्षित गाउँटोल स्तरीय ‘लागुऔषध विरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण सुरु गरेको छ। कार्यक्रमको पहिलो दिन वडा नं. ६ स्थित सिंगीमारीको दुर्गा मन्दिर भवनमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन स्वागत मन्तव्य वडा सदस्य बबिता काफ्लेले दिइन्। कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले समाजमा लागुपदार्थ दुर्व्यसनको समस्या भयावह बन्दै गएको धारणा राखे। उनले भने, “हिजोका दिनमा अभिभावकको डरले सन्तान सम्हालिन्थे, तर आज बाउ–आमाले आफ्नै छोराछोरीबाट डराउनुपर्ने अवस्था सिर्जना भएको छ।” उपाध्यक्ष भट्टराईले लागुपदार्थको कुलतबाट समाजलाई जोगाउन समुदायका आमाहरू सशक्त र जागरूक हुनुपर्नेमा जोड दिँदै भने, “आमाले नै छोराछोरीको सबै गतिविधि नजिकबाट नियाल्न सक्छन्,…

Read More

झापा- झापाको भद्रपुरस्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कर्मचारीहरूबीच कार्यालयभित्रै कुटाकुट भएको छ। सोमबार दिउँसो ४.५७ बजे सातौं तहका पशु चिकित्सक डा. सुजन राईले आफू मातहतका कर्मचारीहरूलाई कुटेका हुन्। उनले प्राविधिक सहायक पाँचौं तहका रोहित महतलाई कार्यालयभित्रै कुटेका हुन्। भण्डारण कक्ष हेर्ने गरेका महतसंग नाइट्रोजन माग्दा यसअघिको पाँच सय रुपैयाँ नतिरेको भनेपछि राईले महतमाथि एक्कासी मुक्का हानेको बताइएको छ। दुवैबीचको कुटाकुट छुट्याउन जाँदा चौथो तहका अर्का प्राविधिक दिवाकर सुनरोहित घाइते भएका छन्। राईले हातमा बोकेको हथौडा उनको टाउकोमा लागेको थियो। सो घटनाको भिडियो अहिले भाइरल बनेको छ। भिडियोमा डा. राईले आक्रोशित भएर महतमाथि जाइलागेको देखिन्छ। घटनाबारे जिल्ला प्रशासन कार्यालयमा…

Read More

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा मनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रुपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने मुख्यमन्त्री कार्कीले बताए। मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए। प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने,…

Read More

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए। यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । उनी २०५६ सालमा काठमाडौँ क्षेत्र नं १ बाट…

Read More

झापा- झापाको कनकाईमा हवाई फायर गरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमाण्ड सम्हालेको करिब तीन महिनाको अवधिमा दोस्रो पटक गोली प्रहार गरी प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले ठूलो परिमाणमा लागुऔषध बरामद गरेका हुन्। सोमबार बिहान अन्दाजी ८: ४० बजे विशेष सूचनाको आधारमा कनकाई नगरपालिका वडा नं. ५ तल्लो चाप्रामारीस्थित सुरुङगा–झापा सडकखण्डमा शरणामतिबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नं.को मोटरसाइकलमा सवार व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ उनी मोटरसाइकल र झोला घट्नास्थलमा नै छोडी फरार भएका थिए। सो क्रममा ३०३ राइफलबाट २ राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालयका…

Read More

टक्सार (भोजपुर)- धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । आज विहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य घाइतेमा भोजपुरको षडानन्द नगरपालिका–१३ …

Read More

झापा- झापाको भद्रपुरमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेका छन्। गएराति ८.४५ बजे मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण बाहुनगाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेका स्कुटर चालक दमक नगरपालिका– २ बस्ने २९ वर्षीय रबिन फुयाल सकुशल रहेका छन्। स्कुटर पछाडि सवार लिम्बूको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो। लिम्बूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू…

Read More

इनरुवा (सुनसरी)- अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेशी नागरिक २१० पर्यटकले आरक्षको भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत भुपेन्द्रसाद यादवले जानकारी दिए। यादवका अनुसार पर्यटकको सङ्ख्याबाट आरक्षमा २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । हिउँदको सुरुवातदेखि पर्यटकको सङ्ख्या वृद्धि भएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताए। आरक्षमा नेपालमा मात्र पाइने दुर्लभ अर्ना, भर्खँरै हुर्कँदै…

Read More

भद्रपुर (झापा)- जिल्लामा नौ महिनामा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८…

Read More