झापा- झापा कचनकवलका एक युवक र अर्की युवती लागुऔषध ब्राउनसुगरसहित बिर्तामोडमा पक्राउ परेका छन् ।
बिर्तामोड वडा नं ८ नारायण कृष्ण टोलस्थित कबिता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल वडा नं.७ बस्ने २६ वर्षीय खड्गसिंह माझी र सोही ठाउँ बस्ने २० वर्षीय मुस्कान भुजेल ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
मंगलबार दिउँसो ४ बजे कोठामा अबैध रुपमा लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएर चेकजाँच गर्दा भाडामा बसेको भुइँतलामा सुत्ने ओछ्यानको सिरानीमुनि प्लाष्टिकसहित ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुबैलाई लागुऔषधसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box