Author: खबरमञ्च

झापा– झापाको कचनकवल गाउँपालिका–६ मा रहेको सर्पदंश उपचार केन्द्र आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको परिसरभित्र सञ्चालनमा रहेको यस उपचार केन्द्रले स्थापना भएदेखि हालसम्म ८५६ जनाको जीवन बचाएको दाबी गरिएको छ। तर, यही अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षले प्राथमिक स्वास्थ्य केन्द्रको समग्र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्षले आफ्नो मन्तव्यमा प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालन र पारदर्शितामाथि प्रश्नचिह्न खडा गर्दै भने, “नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन्?” उनले प्राथमिक स्वास्थ्य केन्द्रप्रति जनस्तरबाट धेरै गुनासा आइरहेको उल्लेख गर्दै थपे, “म अध्यक्षजस्तो बारम्बार आउँदिन, तर…

Read More

झापा– धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीच विवाद चर्किएपछि तनावको स्थिति सिर्जना भएको छ। सोमबार मेयर राईले सञ्चालन गरेको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले त्यसको विरोध जनाएका थिए। सो घटनापश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूमाथि आक्रमणको प्रयास गरेको उपमेयर बेघाले आरोप लगाएका छन्। आक्रोशित बनेका बेघा समूहले पनि मेयर राईविरुद्ध आक्रमणको प्रयास गरेपछि धरानको स्थिति तनावग्रस्त बनेको हो। दुवै समूहका दर्जनौँ कार्यकर्ताहरू उपमहानगरपालिकामा भेला भई एकअर्काविरुद्ध नाराबाजी र आक्रमणको प्रयास गरेका छन्। श्रमदानमा भएको खर्चलाई पनि बजेटमा समावेश गर्नुपर्ने भन्दै उपमेयरलाई दबाब दिएको थाहा पाएपछि वडा अध्यक्ष…

Read More

झापा- लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा झापामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत असार १० गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ। “लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका” भन्ने शीर्षकमा आयोजना गरिने प्रतियोगिता कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीबीच हुने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयको आयोजनामा, शिक्षा विकास समन्वय इकाइको समन्वयमा तथा हिसान, प्याब्सन र एन-प्याब्सनको सहकार्यमा प्रतियोगिता बिर्तामोडस्थित न्यूटन स्कुलमा हुनेछ। प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहबाट सिफारिस भएर आएका ३० जना विद्यार्थी सहभागी हुनेछन्। प्रत्येक स्थानीय तहबाट एक जना छात्रा र एक जना छात्र गरी दुई/दुई जनाको दरले…

Read More

झापा- हालै दिनहुँ बेवारिसे अवस्थामा मृतक र अचेत व्यक्तिहरू फेला पर्ने घटना बढ्दै गएको छ। प्रहरी तथ्यांक अनुसार, यस्ता घटनाहरूमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। झापामा वृद्धको मृत शव फेला सोमबार बिहान ८:३० बजे, बिर्तामोड वडा नं. १ स्थित हिरो मोटरसाइकल कम्पनी नजिकै एक वृद्धको नांगो शव फेला परेको छ। मृतकको पहिचान नभएको र तराईवासी जस्तो देखिने अनुमानित ६५ वर्षीय व्यक्तिको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी दिएका हुन्। इलाका प्रहरी कार्यालय बिर्तामोडले मृतकको सनाखत गर्ने कार्य गरिरहेको छ। मेचीनगरमा अचेत युवक सोमबार दिउँसो ४ बजे, मेचीनगर नगरपालिका वडा नं. १०, हिमालय टोल नजिकै एक अन्जान पुरुष अचेत अवस्थामा फेला परेका छन्।…

Read More

झापा– दुःखद घटनाक्रममा पूर्वी नेपालमा एकैदिन दुई जंगली हात्ती मृत फेला परेका छन्। एउटा हात्ती झापाको मेचीनगरमा र अर्को सुनसरीको बराहक्षेत्रमा मृत अवस्थामा भेटिएका हुन्। आज बिहान ८:५५ बजे मेचीनगर नगरपालिका-१, गणेश टोलस्थित मकैबारीमा एउटा पोथी जंगली हात्ती मृत अवस्थामा फेला परेको हो। त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-२, रेल्वे लाइन नजिकै प्रल्हाद थापा र मीना राईको मकैबारीको सिमानामा अर्को एउटा जंगली हात्ती मृत फेला परेको छ। यसैबीच, आज बिहान ४:३५ बजे मेचीनगर नगरपालिका-१, दुर्जन चोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्। आफ्नै बारीमा आएको एक्लो जंगली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो। घाइतेलाई उपचारका…

Read More

झापा- झापामा गत जेठ महिनामा मात्र ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटहरूबाट खटिएको टोलीले यो सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। पक्राउ पर्नेमा केही महत्त्वपूर्ण व्यक्तिहरू पनि छन्। २०७२ असार १६ गते उच्च अदालत विराटनगर इलाम इजलासबाट जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका–७ का ३२ वर्षीय प्रदीप राई पक्राउ परेका छन्। त्यसैगरी, २०८० फागुन २९ गते उच्च अदालत पाटनको फैसलाले राजस्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार…

Read More

पाँचथर- मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मृतकका शव…

Read More

झापा- मेची राजमार्गअन्तर्गत हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ जना मजदुर गम्भीर घाइते भएका छन्। पुल कसरी भत्कियो भन्नेबारे खुल्न सकेको छैन। घाइते हुनेहरूमा बारा, सिमरा-१२ बस्ने २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी रहेका छन्। रूपलाल, राजन र राकेशको अवस्था गम्भीर छ भने भुलेश्वरको दायाँ खुट्टा भाँचिएको छ। प्रकाश र अभिषेकको अवस्था मध्यम रहेको जनाइएको छ। घाइते मजदुरहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। त्यहाँबाट गम्भीर अवस्थाका केहीलाई थप उपचारका लागि झापातर्फ रेफर गरिएको छ। यो पुल यसअघि पनि…

Read More

सुन्दरहरैँचा ( मोरङ)- मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज श्रीमानश्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय पूर्णबहादुर लिम्बू तथा उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् । मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिइन् । लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल…

Read More

झापा- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको वृहत हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताएका छन्। झापाको दमकमा शनिवार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु सदनमा रहेको भन्दै माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्न नसक्ने जिकिर गरे । उनले सदन अवरोध गर्नु भनेको संघीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुंग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरु थाँती राख्नु भएको बताए । एक महिनाभित्र समिति…

Read More