Author: खबरमञ्च

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानको आणविक परियोजनामा हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी आणविक भट्टीहरू फर्दो, नतान्ज र इस्फाहानमा बम खसालेको जानकारी दिएका हुन्। राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको र अमेरिकी बमवर्षक विमानहरू सुरक्षित घर फर्किएको बताएका छन्। “हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि अमेरिकी बमवर्षक विमानले इरानका तीन आणविक परियोजनामा हमला गरेको उल्लेख गरेका छन्। यो हमला इजरायलले इरानविरुद्धको कारबाहीमा सहयोगका लागि अमेरिकालाई आग्रह गरेपछि भएको हो। इरानले जमिनमुनि बनाएका आणविक केन्द्रहरू ध्वस्त पार्ने हतियार अमेरिकासँग मात्र रहेको बताइन्छ। यसअघि…

Read More

झापा – ‘सहयोगी मनहरू’ नामक सामाजिक संस्थाले बुद्धशान्ति गाउँपालिका-२, गोपाल डाँडामा ४० जना विपन्न, बिरामी तथा सुत्केरीहरूलाई लक्षित गरी झुल वितरण गरेको छ। संस्थाले यसअघि पनि बुद्धशान्तिमा विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आएको थियो। सरस्वती आधारभूत विद्यालयमा शनिबार सम्पन्न झुल वितरण कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन्द्र यादव प्रमुख अतिथि, र नेकपा एमालेका नेता टीका पाठक विशिष्ट अतिथि रहेका थिए। उनीहरूले झुल वितरण गर्दै पाएको झुलको सदुपयोग गर्न आग्रह गरे। कार्यक्रमका वक्ताहरूले गर्मीका मौसममा लामखुट्टेको प्रकोप ज्यादा हुने भएकाले सुत्दा झुल प्रयोग गर्न चेतना दिने हिसाबले प्रतिकात्मक रूपमा झुल वितरण गरिएको बताए। सहयोगी मनहरूका झापा अध्यक्ष भीम आचार्यको सभापतित्वमा सम्पन्न…

Read More

झापा- पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति ९.३० बजे कमल गाउँपालिका–५ रतुवा पुलस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल सो ट्रकमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कमल –५ बस्ने ३० वर्षीय सुशिल राई गम्भीर घाइते भएका थिए । उनलाई निम्स अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा बीएण्डसी अस्पताल लैजाने क्रममा दमक –६ गणतन्त्र चोकमा आफन्तले मृत्यु भइसकेको…

Read More

झापा- जंगली हात्तीको आक्रमणबाट घाइते भएका झापा मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ । चार दिनअघि असार २ गते बिहान हात्तीको आक्रमणबाट घाइते भएका मेचीनगर १ दुर्जन चोक बस्ने ६८ वर्षीय श्रेष्ठलाई आफ्नै बारीमा एउटा जंगली हात्तीले लखेटेर आक्रमण गरेको थियो । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइएकोमा उपचार संभव नभएपछि परिवारले हिजो साँझ अस्पतालबाट घर लिएर गएका थिए । बिहीबार बेलुका ८.२० बजे घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । झापामा हात्तीको आक्रमणबाट लगातार जनधनको क्षति हुँदै आएको छ । बुधवार साँझ मात्र हात्तीको आक्रमणबाट भद्रपुर वडा न. १०…

Read More

झापा- सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा पनि आजदेखि ट्राफिक सप्ताह शुरु भएको छ । शुक्रबार बिहान बिर्तामोडमा प्रभातफेरि निकालेर ट्राफिक सप्ताह शुरु गरिएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ शुभारम्भ गरिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको सभापतित्व तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय, विद्यार्थी लगायतको सहभागितामा बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरि निकालिएको हो। प्रभातफेरि सिटीसेन्टरको साई…

Read More

झापा- घरायसी विवादलाई लिएर पाँचथरमा श्रीमानले चक्कु प्रहार गरी श्रीमतीलाई घाइते बनाएका छन् । बिहीबार दिउँसो २.५० बजे पाँचथर फिदिम ११ लुङरुपा घर भई हाल फिदिम २ नयाँ बसपार्कस्थित पर्शुराम अर्यालको घरमा डेरा गरी बस्ने २८ वर्षीय सूर्य सेरेङले घरायसी आफ्नै श्रीमती २३ वर्षीया बिपना क्षेत्री कट्वाललाई तरकारी काट्ने चक्कुले टाउको, गाला, घाँटी र छातीमा प्रहार गरी घाइते बनाएका हुन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट प्रहरी टोली खटिएर घाइतेलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल पाँचथरमा लगि उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ । चक्कु प्रहार गर्ने सेरेङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरमा…

Read More

झापा- झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । चार दिनअघि असार १ गते राति ८ः४५ बजे अर्जुनधारा नगरपालिका २ रातेस्थित भित्री सडकखण्डमा खुदुनावारीबाट रातेतर्फ जाँदै गरेको मे ४ प ७४६७ न. को मोटरसाइकलले पैदलयात्री वडा नं २ बस्ने ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर घाइते भएका दर्जीलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा बिहीबार बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ बस्ने २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ- पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। यो आदेश साइबर ब्यूरोले पाठकविरुद्ध साइबर अपराधको आरोपमा दायर गरेको उजुरीको जवाफमा आएको हो, जुन उनको यूट्यूब च्यानल टफ टक एक्सप्लेनरमा एउटा भिडियो सार्वजनिक भएपछि दायर गरिएको थियो। उक्त भिडियोले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवा, वर्तमान परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवा र उनका छोरा जयवीर सिंह देउवालाई हिल्टन होटलमा लगानीसँग जोडेको बताइएको छ। अदालतले प्रभावित व्यक्तिहरूसँग प्रेस काउन्सिल नेपालमा उजुरी दायर गर्ने विकल्प रहेकोमा जोड दिँदै पाठकलाई पक्राउ नगर्ने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो। न्यायाधीशहरू टंक प्रसाद गुरुङ…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए । निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश जारी भएको हो ।

Read More

बेलबारी (मोरङ)- सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मङ्गलबार लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम प्रारम्भ भएको हो । निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम सकिएको छ । एसियाली राजमार्ग नम्बर २ अन्तर्गत काँकडभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमीमा मात्र काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ । चालु आर्थिक वर्षभित्र कम्तीमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ ।…

Read More