झापा- सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा पनि आजदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।
शुक्रबार बिहान बिर्तामोडमा प्रभातफेरि निकालेर ट्राफिक सप्ताह शुरु गरिएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ शुभारम्भ गरिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको सभापतित्व तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय, विद्यार्थी लगायतको सहभागितामा बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरि निकालिएको हो।
प्रभातफेरि सिटीसेन्टरको साई पार्टी प्यालेसको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो।
तस्बिरहरूः






