Author: खबरमञ्च

झापा- देशभर भोलिदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि झापा जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । यस वर्ष झापाबाट कुल १७ हजार ६६३ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख कुमार बस्नेतका अनुसार कुल परीक्षार्थीमध्ये १५ हजार ४०१ जना नियमिततर्फका हुन् । त्यसैगरी, प्राविधिक धारतर्फ ५७४ जना र बाँकी परीक्षार्थीहरू ग्रेडवृद्धितर्फ रहेका छन् । यस पटक झापाका १६३ सामुदायिक र २४५ संस्थागत गरी कुल ४०८ वटा विद्यालयहरू परीक्षामा सहभागी हुँदैछन् । विद्यार्थी संख्याको लैङ्गिक विवरण अनुसार नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्रहरू रहेका…

Read More

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु भएको छ । बेटिङ बन्दका लागि ‘अपरेटर्स’हरुलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले जानकारी दिए । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालय र…

Read More

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । “प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान गर्न, बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज गर्न तथा मिति २०८२/०५/२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरुलाई प्रहरी हिरासतमा राख अनुमति माग गरेको देखिन्छ, आदेशमा भनिएको छ, “अनुमति माग गरेको व्यहोरा मनासिव देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त…

Read More

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।  सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात…

Read More

झापा- इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय श्रेष्ठ र मातहतका प्रहरी कर्मचारीहरूले हिरासतमा रहेका व्यक्तिहरूलाई यातना दिएको घटना सार्वजनिक भएपछि मानव अधिकार संजाल झापाले गम्भीर आपत्ति जनाएको छ। संजालले बिहीबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषीमाथि कडा कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न माग गरेको हो। बिर्तामोड–५ का २६ वर्षीय कृष्ण अग्रवाल र बिर्तामोड–४ निवासी १४ वर्षीया बालिका आसिदा खातुनलाई प्रहरीले हिरासतमा राखेर शारीरिक तथा मानसिक यातना दिएको विषयलाई लिएर अधिकारवादीहरू आक्रोशित भएका हुन्। अग्रवाललाई वैदेशिक रोजगारी सम्बन्धी अदालतमा विचाराधीन मुद्दामा साक्षी बसेकै कारण नियन्त्रणमा लिई करिब २८ घण्टासम्म दुर्व्यवहार गरिएको…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए । यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

Read More

झापा- सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा सुदूरपूर्वी नाका काँकरभिट्टामा दबाबमूलक प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब मेचीनगर–१० धुलावारीको अगुवाईमा विभिन्न संघ-संस्थाहरूले सोमबार खबरदारी सभाको आयोजना गरेका हुन्। मेचीनगर–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट सुरु भएको मौन र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले बालिका हिंसा र बलात्कार विरुद्ध विभिन्न नारा लेखिएका प्लेटकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले ‘इनिशालाई न्याय देऊ’, ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’, र ‘नारीलाई डर होइन सम्मान चाहिन्छ’ जस्ता नाराका साथ विरोध जनाएका थिए। बजार परिक्रमापछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा अगाडि भेला भएका प्रदर्शनकारीहरूले खबरदारी सभालाई सम्बोधन गरेका थिए।…

Read More

झापा- झापाका छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। दमक नगरपालिका-५ मा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले हिजो दिउँसो ३ बजे छापा मारेको थियो। सो क्रममा स्थानीय २४ वर्षीय मोहन यादवको कोठाबाट खानतलासी गर्दा प्लाष्टिकसहित १४ ग्राम र प्लाष्टिकबाहेक ८ ग्राम ब्राउन सुगर फेला परेको हो। यादवसँगको प्रारम्भिक सोधपुछका क्रममा सोही घरमा डेरा गरी बस्ने गौरीगंज-१ का २६ वर्षीय प्रवेश राईको समेत संलग्नता खुलेपछि प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। यस्तै, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले हिजो साँझ ५:३०…

Read More

फुङ्लिङ (ताप्लेजुङ)- पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी…

Read More

गोरखा- मनकामना मन्दिरको दर्शन गरी फर्कदै गरेको विद्युतीय (ईभी) माइक्रोबस गोरखाको शहीदलखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउने सबै जना भारतीय नागरिक भएको पुष्टि भएको छ। बागमती प्रदेश ०६–००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। उक्त बसमा चालकसहित जम्मा १५ जना सवार रहेको बुझिएको छ। दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य आठ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। घाइतेमध्ये सात जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ। एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको भरतपुर रेफर…

Read More