Author: खबरमञ्च
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन् । आयोगले आचारसंहिता कार्यान्वयन…
काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर रु १५५ तय गरिएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेलको मूल्य प्रतिलिटर रु १४२ कायम भएको निगमले जनाएको छ ।
झापा- आगामी निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापामा देशकै शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो चहलपहल सुरु भएसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भद्रपुर-८ स्थित विमानस्थलमा हिजोदेखि नै नेपाली सेनाको टोली परिचालन गरिएको छ। विमानस्थलको टर्मिनल बाहिरको सुरक्षाका लागि चारआलीस्थित अरिदमन गणका एक मेजरको कमाण्डमा २५ जनाको सैनिक टोली तैनाथ गरिएको हो। चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार विमानस्थलको पेरिमिटर (परिधि) बाहिर सेनाले सुरक्षा दिनेछ भने भित्री भागको सुरक्षा साबिकझैँ प्रहरी नायव निरीक्षकको कमाण्डमा रहेका २५ जना प्रहरीले सम्हाल्नेछन्। निर्वाचन नजिकिँदै गर्दा काठमाडौंबाट हवाई मार्ग हुँदै झापा आउने र फर्कने राजनीतिक व्यक्तिहरूको संख्या ह्वात्तै…
झापा- बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब विजयी भएको छ। आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो। यो जितसँगै एपीएफले प्रतियोगिताको उपविजेताले पाउने कम्तीमा ७ लाख ५० हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ। खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ६१ औँ मिनेटमा नारायण क्षेत्रीको कर्नरमा विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। तर, झापाको यो अग्रता लामो समय टिक्न सकेन। ६७ औँ मिनेटमा एपीएफका स्ट्राइकर नविन लामाले डिबक्स बाहिरबाट प्रहार…
झापा- भारतबाट भारी मात्रामा लागुऔषध ल्याउँदै गरेको अबस्थामा गौरीगंजमा दुईजना युवा पक्राउ परेका छन् । शुक्रबार दिउँसो १;४५ बजे गौरीगंज– २ आँपगाछीमा दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे१०प ८४३२ नम्वरको स्कुटीलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी सहायक निरीक्षक कैलाशकुमार मण्डलको कमाण्डमा खटिएको टोलीले चेकजाँच गरेको थियो । त्यसक्रममा स्कुटी पछाडी सवार कमल ५ बस्ने वर्ष अन्दाजी ४० का सूर्यबहादुर वि.क.को साथबाट प्लाष्टिकसहित ४७ ग्राम ९५० मिलिग्राम र प्लाष्टिकबाहेक ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सो लागुऔषध र स्कुटीसहित स्कुटी चालक कमल ५ बस्ने वर्ष २२ का संजोक राईलाई समेत नियन्त्रणमा लिई इलाका…
झापा- पूर्वराजा ज्ञानेन्द्र शाह करिब तीन महिनाको झापा बसाइ सकेर शुक्रबार काठमाडौं फर्किएका छन्। झापाको दमक नगरपालिका–९ स्थित ‘मिनी दरबार’ (हिमालयन महालक्ष्मी टी–इस्टेट) मा बस्दै आएका शाहलाई लिन कैलाश एयरको हेलिकप्टर त्यहाँ पुगेको थियो। हेलिकप्टरमार्फत उनी काठमाडौं फर्किएका हुन्। यसैबीच, पूर्वराजा शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्यालीसहितको तयारी गरेका थिए। उनीहरूले विमानस्थलबाट र्यालीसहित पूर्वराजालाई महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याउने योजना बनाएका थिए। तर, सोही कार्यक्रमलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा चुनौती र यात्रुको आवागमनलाई मध्यनजर गरी विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले जारी गरेको आदेशअनुसार…
झापा- झापा जलथल जंगलमा जंगली हात्ती मृत फेला परेको छ । बिहीबार दिउँसो ३ः३० बजे कचनकवल गाउँपालिका वडा नं. ७ स्थित दिपज्योती सामुदायिक बनभित्र भाले जाँतको जंगली हाती मृत अबस्थामा फेला परेको हो । उक्त सामुदायिक बनका पदाधिकारीहरुले डिभिजन बन कार्यालय चन्द्रगढीमा जानकारी गराई डिभिजन बन कार्यालयबाट गएको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी सदगत गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापा- झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय तीन दिने खोज पत्रकारिता तालिम मंगलबारदेखि सुरु भएको छ। नारी सञ्चार गृह झापाको आयोजना तथा टेवा संस्थाको सहयोगमा सञ्चालित यो तालिम माघ २७ गतेदेखि २९ गतेसम्म चल्नेछ। कार्यक्रमको उद्घाटन सत्र नेपाल पत्रकार महासंघकी कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले यस्ता तालिमले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने बताइन्। उनले भनिन्, “यो तालिमपछि तपाईंहरूको कलम थप तिखारिनेछ र समाजका लुकेका विषयवस्तु बाहिर ल्याउन मद्दत पुग्नेछ।” नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जोत्स्ना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन्। अध्यक्ष आचार्यले यो तालिम पत्रकारिता क्षेत्रमा भविष्य…
झापा- झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक झापा–११ फुटबल क्लब विजयी भएको छ । सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा झापाका तर्फबाट रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले मात्र गोल गर्न सफल भए । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले उत्कृष्ट बचाउ…
झापा- आजदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार रंगशालामा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’का रूपमा आयोजना गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा चिनिएको प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट…