Author: खबरमञ्च
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन लागि आज बुधबार मतदाता नामावली प्रकाशित गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको लागि स्वीकृत गरिएको कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गर्न लागिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशित गरिनेछ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरू रहेको निर्वाचन मण्डलबाट हुने संविधानमा उल्लेख गरिएबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम मतदाता नामावलीमा समावेश गरेको छ । संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जना मतदाता हुनेछन् । प्रतिनिधिसभाका २ सय ७५ सांसद…
काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन फागुन ७ गतेबाट सुरु भएको थियो । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षको टुंगो लगाए पनि बाँकी पदाधिकारी र सदस्यको टुंगो लगाउन बाँकी छ । अध्यक्ष बस्नेतसहित १७१ सदस्य केन्द्रिय कमिटी घोषणा भएको छ ।
काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगका अनुसार निलम्बनमा परेका र रिक्त रहेको पदलाई छाडेर ८८१ जना मतदाता हुनेछन्। प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनेछन् । तर केही सांसद निलम्बनमा पर्ने केहीको रिक्तताले केही संख्या कम हुने भएको हो। प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् । अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन ।
झापा । बिर्तामोडको मुक्ति चोकमा शरीरमा पेट्रोल छर्की एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । आत्मदाहको प्रयास गर्ने बिर्तामोड ७ को विजय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो । चौधरीले घरायसी समस्याका आत्मदाह गरेको प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । ऋण धेरै रहेको र कमाउने बाटो नभएकाले आत्मदाहको प्रयास गरेको उनले बताएको प्रहरीले जनाएको छ । उनी बिएण्डसी अस्पतालका पूर्व कर्मचारी रहेको बुझिएको छ ।
काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उडान भर्न लागेको जहाजको प्रविधिमा समस्या देखिएपछि उडान स्थगित गरिएको छ । धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखाएपछि उडान स्थगित गरिएको हो । एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको थियो । तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि तत्काल उडान स्थगित गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसतिर ढल्किँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न प्रस्ताव गरेका छन् । सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई राष्ट्रपति नदिने मनसाय बनाइरहँदा ओलीले विकल्प खोजेका हुन्। राष्ट्रपतिको निर्वाचन नजिकिरहँदा यतिबेला माहोल चर्किएको छ। यसैबीच आइतबार एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भेटमा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । भेटवार्तामा राष्ट्रपति निर्वाचनलगायत समसामयिक विषयमा करिब डेढ घण्टा संवाद चलेको थियो। एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव…
झापा । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए । पहिलो गोलपछि आग्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल गर्यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे…
काठमाडौं, ८ फागुन । नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरुको टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहसँग भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन्। नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जको अगुवाइमा आएको टोलीले जर्मन र नेपालबीचको सम्बन्धलाई कृषिका माध्यमबाट कसरी थप मजबद बनाउन सकिन्छ भन्ने विषयमा कुरा गरेका थिए। भेटमा जर्मन टोलीले नेपालको कृषि क्षेत्रको बृहत्तर विकास र प्रवर्धनका लागि जर्मन सरकारले नेपालमा सञ्चालन गर्न चाहेको शीपविकासको कार्यक्रमबारे सरकारको धारणा जान्न चाहेका थिए। जवाफमा मन्त्री साहले २०७२ सालको भूकम्पमा जर्मनले नेपाललाई गरेको सहयोगको सधैं स्मरण रहने भन्दै कृषि क्षेत्रको उन्नयका लागि जर्मनले गर्न…
उमाकान्त खनाल २०६२/६३ को जनआन्दोलन अर्थात तत्कालीन राजसंस्थाविरोधी आन्दोलन। व्यवस्था परिवर्तनका लागि भनेर दलहरूले छेडेको त्यो आन्दोलनको मनसाय देशबाट राजतन्त्र हटाएर नारायणहिटीको अधिकार जनतामा केन्द्रित गराउनु थियो। जनताद्वारा शासित गणतान्त्रिक मुलुक नेपाल बनाउन भन्दै दलहरू लाखौँ जनतालाई सडकमा ओराल्दै आन्दोलन चर्काइरहेका थिए। नेपालका हरेक राजनीतिक परिवर्तनमा सञ्चार माध्यमको ठूलो भूमिका रहने गरेको छ। चाहे त्यो २०३६ सालमा मिसन पत्रकारितामार्फत होस् या २०६२/६३ सालको जनआन्दोलन । हरेक व्यवस्था परिवर्तनका लागि गरिका भनिएका आन्दोलनमा भूमिका खेल्दै आएको सञ्चार जगतलाई ६३ को आन्दोलनले पनि मज्जैले छोएको थियो। त्यसबेलाको राजतन्त्रले संञ्चारमाध्यममा लगाएको अंकुश र सेन्सरसिपबाट आजित भएका सञ्चारमाध्यमले पनि आन्दोलनलाई नैतिक समर्थन जनाएका थिए…