Author: खबरमञ्च
काठमाडौँ- अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् । वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उनले आफूहरुको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकतामा हुने बताइन् । उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयको लागि बधाई दिएको बताइन् । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको उनले बताइन् ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको र सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई इष्टदेवका रूपमा पुजिँदै आएको बताए । “सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको मापन सुरु भयो”, छठ पर्वको अवसरमा शुभकामनामा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हाम्रा पुर्खाहरूले…
काठमाडौँ- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत…
काठमाडौँ- वायु सेवा सञ्चालक सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य तदारुक्ताका साथ निर्धारित समयमै गर्न माग गरेको छ । सङ्घले बुधबार विज्ञप्ति जारी गरी विमानस्थल स्तरोन्नति निर्धारित समयमा सम्पन्न नभएमा सदस्य वायुसेवा कम्पनीहरू आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सृजना हुनसक्नेतर्फ सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यही कात्तिक २३ गतेदेखि करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्दैछ । जसका कारण साविकको ‘उडान समय’ घटाई बेलुका १० बजेदेखि बिहान ०८ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टू एयर म्यान’ (नोटाम) जारी गरिएको छ । ‘प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा समानान्तर ट्याक्सी वेबीचको लिंकरोड निर्माणकार्य…
काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते…
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले अनुमति दिएको छ । सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। यसअघि गत कात्तिक १४ गतेसम्मको म्याद रहेकामा तिहार विदाका कारण अदालत बन्द भएकाले तिहारको विदापछि लामिछानेलाई मंगलबार अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अधिकारीले बताए । लामिछानेलाई कात्तिक ४ गते पहिलोपटक अदालत…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहेको उनको सचिवालयले जनाएको हो ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रेका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । जिरो किलोमिटरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट निस्किएको विरोध र्यालीले सृजनाचोक हुँदै वाइचोकमा पुगेर नाराबाजी गरेको थियो । वाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरबितर पार्न ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कात्तिक ४ गतेदेखि पोखराको शहीदचोक र जिल्ला प्रहरी कार्यालय कास्की आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ…
काठमाडौँ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् । आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात…
पोखरा । सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । उनलाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको हो । रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । भोलिपल्ट विहानपख उनलाई पोखरा ल्याइपुर्याइएको हो । कात्तिक ४ गते जिल्ला अदालत कास्की पेश गरिएकोमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो । त्यसपछि ७ दिनको म्याद थपिएकोमा तिहार विदाले अदालत बन्द भएपछि आज अदालतमा उपस्थित गराइएको हो । प्रहरीले लामिछानेको सरकारी वकिलको रोहबरमा वयान लिइरहेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि अनुसन्धानका लागि उपस्थित…