Author: खबरमञ्च
काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला अदालतले पक्राउ गर्ने अनुमति दिएसँगै उनलाई रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो। लामिछानेलाई सोझै पोखरा लैजाने बताइएको छ। पक्राउ गर्न प्रहरी रास्वपाको केन्द्रीय कार्यालय पुग्दा रास्वपाका कार्यकर्ताको बाक्लो भीड लागेको थियो। रवि पक्राउ पर्ने चर्चा शुक्रबार दिनभर चलेको थियो। संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरु सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ। गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सोही क्रममा लामिछानेलाई पनि अनुसन्धानको…
पोखरा । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाका सभापति लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।
काठमाडौँ । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन…
झापा । पाहुना गएका बेला फलामको गेट खोल्ने क्रममा च्यापिएर झापामा एक बालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका- ६ बस्ने सवनम मस्कराका दुई वर्षीय छोरा शिवयम मस्करा आमा श्रेया अग्रवालसँग अर्जुनधारामै रहेको मामा ऋषि अग्रवालको घरमा पाहुना गएको बेला फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर किची घाइते भएका थिए। घाइते बालकको उपचारका क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार बिहान करिब ६:१५ मा निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।
झापा । बिर्तामोडमा गाडीको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बिर्तामोड नगरपालिका- ३ बिर्ताबजारस्थित बिर्तामोड भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजार तर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीको ठक्करबाट घाइते पैदलयात्री ६५ वर्षीय आसारुलाल पानवारीको उपचारका क्रममा निधन भएको हो। भारत बहादुरगञ्ज घर भई हाल झापाको बिर्तामोडमा डेरा गरी बस्ने पानवारीलाई कार्तिक १ गते गाडीले ठक्कर दिँदा टाउकोमा चोट लागेको थियो। बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचाररत उनको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी र चालक कन्काई नगरपालिका- ८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको छ । काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६ः०० बजे जारी गरेको…
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् । यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी…
काठमाडौँ । बडीमालिका तीर्थयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा पुगेका छन्। उनी बिहीबार बिहान बाजुर पुगेका राष्ट्रपति कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राष्ट्रपति पौडेलले बडिमालिका दर्शन गर्ने जाने कार्यक्रम रहेको छ। बाजुरास्थित नाट्यश्वरी मन्दिरको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम पनि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौँ । हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…
काठमाडौँ । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।