Author: खबरमञ्च
झापा- झापाको काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन्। आज बिहान ६: २० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भइ दुर्घटना भएको हो। बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ। घाइतेहरु निम्न रहेका छन् ।१) मोरङ बिराटनगर – ३ बस्ने बर्ष ५४ का गुणा कोइराला (टाउको र दुवै हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य)२) ऐ.ऐ. बस्ने बर्ष ३४ की दिपा निरौला (सामान्य)३) ऐ.ऐ. बस्ने बर्ष १७ की म्यारी…
झापा- माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छभने तीन दिनमा रु ५० लाखबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्दै तरुल महोत्सवले दुवै देशको ग्रामीण भेगमा उत्पादित उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने बताए।…
सोलुखुम्बु- चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेका थिए। पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेका थिए। यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा लिएका थिए। तर उनी एक साताअघि अचानक बिरामी परे । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेरे। बाँकी सपना सधैँका लागि अधूरो छाडेर उनी स्वर्गीय भए । खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मेका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए। उनले…
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाले अस्पताल सञ्चालन गर्न तथा स्वास्थ्यसम्बन्धी सम्पूर्ण काम तथा नियमन गर्न स्वास्थ्य सेवा ऐन निर्माण गरेको छ। उक्त विधेयकलाई सोमबार गाउँपालिका कार्यालयको सभाहलमा अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको १५ औं गाउँ अधिवेशनले पास गरेपछि ऐनको रुपमा आएको हो। अब भागिरथा बुद्धशान्ति अस्पताल सञ्चालन तथा अन्य निजी अस्पतालहरूलाई नियमन गर्न कानुनी रुपमा सहज भएको छ। त्यसैगरी सोमबार बसेको गाउँ अधिवेशनले संयोधित योजना तथा कार्यक्रमलाई पास गरेको छ। अधिवेशनले कृषि तथा पशुपंक्षी सम्बन्धी पहिलो संशोधन विधेयक २०८१ पनि पास गरेको छ। २०७८ सालमा बनाइएको उक्त ऐनमा माछा पालनका लागि ३० कठ्ठा जमिन चाहिने व्यवस्था रहेकोमा संघ र प्रदेशको व्यवस्था…
झापा- जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए। “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र…
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले निजलाई पुनः न्यायिक हिरासतमा पठाएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आजदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि निजलाई हिरासतमा पाठइएको हो । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बरबहादुर चन्दले भने, “आगामी माघ २ गतेदेखि सुनुवाइ हुनेछ, उहाँलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाइएको छ ।”
झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा पोषणविद् (डाइटिसियन) र छाती तथा फोक्सोरोगको विशेषज्ञ सेवा सुरु हुँदैछ। पोषण (डाइट) सेवा यही माघ ६ गतेबाट र छाती तथा फोक्सोरोगको विशेषज्ञ सेवा यही माघ ७ गतेबाट सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत रोमनी भट्टराईले जानकारी दिए। पोषणविद् रोजिना चौहानले यही माघ ६ गतेबाट मनमोहन अस्पतालमा सेवा दिन लागेकी हुन्। पोषण विषयमा स्नातकोत्तर उत्तीर्णपश्चात उनी पोषणविद् बनेकी हुन्। अस्पतालमा अत्यन्तै न्यून शुल्कमा उनले सेवा दिन लागेकी हुन्। खासगरी अस्पतालमा भर्ना भएका बिरामीलाई स्वस्थकर खाना प्रदान गर्ने, विभिन्न रोगका बिरामीलाई खाना सम्बन्धी परामर्श दिने तथा अस्वस्थकर खानाका कारण विभिन्न रोगको जोखिमलाई न्यूनीकरण गर्नका…
काठमाडौँ- नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उक्त घटनाविवरण सार्वजनिक गर्दै सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शुक्रबार पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए। हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँचगर्ने क्रममा पक्राउ गरिएको थियो ।…
झापा- झापाको मेचीनगरमा भारतीय कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति ९ः३० बजे मेचीनगर नगरपालिका वडा न.–१५ भगवती प्लाई फ्याक्ट्रीस्थित ज्यामिरगढीबाट धुलाबारीतर्फ जाने भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको तत्काल नम्बर नखुलेको कारले पैदलयात्री भारतको पश्चिम बंगाल कुचबिहार बस्ने २५ वर्षीय अप्पु राय र सोही ठाउँ बस्ने २० वर्षीय केशव मादकलाई ठक्कर दिएको थियो । दुवैजना मेचीनगर नगरपालिका १५ स्थित हिमशिखर फ्याक्ट्रीमा काम गर्ने मजदुर हुन् । घाइतेहरुलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगिएकोमा उपचारको क्रममा राति ११ः३० बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेका थिए । केशव मादकलाई थप उपचारको लागि…
काठमाडौँ- जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् । वातावरणीय बहाव भन्नाले नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र यस प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न आवश्यक पानीको बहावको मात्रा, समय र गुणस्तरलाई बुझाउँछ । दक्षिण एसियाका सन्दर्भमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक आवश्यकता पनि यससँग जोडिएको छ । वातावरणीय बहावको कार्यान्वयनका लागि मानव विकास, नदिको प्रयोग वा डाइभर्सन नगरी प्राकृतिक वा पुरानै बहावमा पुनस्र्थापित गर्न आवश्यक छैन, तर यसको सट्टा, खानेपानी, सिँचाइ वा ऊर्जामा मात्र केन्द्रित व्यवस्थापनभन्दा नदी तथा खोलाबाट प्राप्त…