Author: खबरमञ्च

ताप्लेजुङ- सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएको हो। पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए। हिमपात भए पनि जनजीवन सामान्य रहेको उनले बताए। यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् । केही…

Read More

झापा- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव–हात्तीद्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि ल्याउने बताएका छन्। सुदूरपूर्वी झापाको हात्ती प्रभावित क्षेत्र मेचीनगरमा बुधबार सरोकारवालाले बुझाएको १४ बुँदे मागपत्र ग्रहण गर्दै उनले मानव—हात्ती द्वन्द्वबाट उत्पन्न समस्या समाधानका लागि छुट्टै कार्यविधि बनाइने बताएका हुन्। झापाका मेचीनगर, बुद्धशान्ति र भद्रपुरका पालिका प्रमुखसहित सरोकार भएका सङ्घ संस्था र स्थानीय राजनीतिक दलहरूले हात्ती प्रभावित क्षेत्रको समस्या समाधानका लागि उनलाई १४ बुँदे मागपत्र बुझाएका छन् । मागपत्र ग्रहण गर्दै मन्त्री ठकुरीले भने,“मानव र वन्यजन्तुबीच हुने द्वन्द्व समाधानका लागि उपाय खोजिरहेका थियौँ । तपाईहरूले दिनुभएको मागपत्रले अब कसरी जाने भन्ने विषयमा सरकारलाई थप सहज बनाएको छ । कानुनी…

Read More

झापा- नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा भोलि बुधबारदेखि कचनकवल – सगरमाथा जागरण अभियान सुरु हुँदैछ। नेपालको सबैभन्दा होचो भूभाग कचनकवल स्तम्भमा सो अभियान सुरु हुन लागेको हो। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले अभियान शुभारम्भ गर्ने भएका छन्। अभियानमा कोशी प्रदेशका १४ जिल्लाका नेता कार्यकर्ता सहभागी हुने पार्टीका झापा क्षेत्र नम्बर ३ का सचिव गीताप्रसाद भट्टराईले जानकारी दिए। अभियानमा धेरै नेता कार्यकर्ताको उपस्थिति रहने जनाइएको छ। सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए। उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन…

Read More

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए। बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए। बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गरे । छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन बैठकले अब पहिलो छ महिना अभियानमा जाने…

Read More

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा निर्माण गर्ने प्रण गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए। बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीका नेताहरूलाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा स्पष्ट भएर पार्टीले गरेका निर्णय र कार्ययोजना कार्यान्वयनमा जुट्न…

Read More

झापा- आफ्नै घरमा कामदार राखिएकी राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी गत मंसिर २४ गते पक्राउ परे । पक्राउ परेको दिनदेखि नै उनी बीएण्डसी अस्पतालमै बसे । बिर्तामोड प्रहरीले अदालतसंग पाँच पटक म्याद थपेर २५ दिनसम्म अनुसन्धान गर्दा उनले एकदिन पनि हिरासतमा बस्नु परेन । बीएण्डसी अस्पतालबाटै उनलाई अदालत लगिन्थ्यो र अदालतबाट सिधै अस्पताल भर्ना गरिन्थ्यो । प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालयलाई मुद्दा जिम्मा लगाउँदा , सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दर्ता गराउँदा र अदालतले बयान लिइसक्दा पनि उनले हिरासतमा बस्नु परेन । यहाँसम्म कि झापा जिल्ला अदालतले उनलाई…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।” आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

Read More

काठमाडौँ- काठमाडौँ उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

Read More

झापा- झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको सरुवा भएको छ। गृह मन्त्रालयले सोमबार निकालेको सरुवाको सूचीमा उनी पनि परेका हुन्। उनलाई गृह मन्त्रालयमा खटाइएको सूचनामा जनाइएको छ। झापामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई खटाइएको छ।

Read More

बिर्तामोड- झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजले कलेजमा भर्ना भएका एचए, फार्मेसी तथा स्टाफ नर्सका विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बिर्तामोड २ स्थित कलेजमा संस्थाले उनीहरूलाई स्वागत गर्नुका साथै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रोमनी भट्टराई निकै ठूलो मेहेनतपश्चात कलेजको सम्बन्धन प्राप्त भएको र यसपटकदेखि कक्षा सञ्चालनको अवसर पाइएको बताए। कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महातारा प्रसाईंले ढुक्क अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरिन्। संस्थाका अध्यक्ष नरेश खरेलले मनमोहन कलेजमा भर्ना भएका विद्यार्थीहरू देशका धेरै स्थानबाट रहेकाले कलेजको नाम ती सबै…

Read More