Author: खबरमञ्च

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरेको छ । साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउने छन् । पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका रहेको नेता श्रेष्ठले बताए।…

Read More

सुन्दरहरैँचा (मोरङ)- सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा)सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गरेका छन् । “हामी जङ्गल क्षेत्र तथा हात्ती प्रभावित क्षेत्रमा आवश्यक पोलबत्तीको काम गरिरहेका छौँ”, उनले भने, “नागरिकको जीउधनको सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, काम पूरा गर्न समय लाग्छ ।” नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली…

Read More

झापा- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो। बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको बताइएको छ । कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ । विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ ।…

Read More

झापा- विद्युतीय कारोबार ऐन र संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा पटक पटक पक्राउ परेर रिहा भएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले शनिवार बिर्तामोडमा र्यालीसहितको सभा गर्ने भएका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले बिहान ११ बजे बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि मोटरसाइकल र्यालीपछि सभा गर्ने भएका हुन् । दमकबाट मोटरसाइकल र्याली शुरु भई बिर्तामोडमा सभामा परिणत हुने जनाइएको छ । प्रसाईं गत पुष २५ गते ३ लाख धरौटीमा रिहा भएका हुन् । उनलाई गत मंसिर २८ गते विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ अदालत परिसरबाटै संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा प्रहरीले पुनः पक्राउ…

Read More

झापा- जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक बृद्धको मृत्यु भएको छ । शनिवार बिहानको राति सुन्दरहरैचा नगरपालिका– ८ भृकुटी टोल बस्ने ७३ वर्षीय हरिप्रसाद घिमिरे घरबाट बाहिर निस्केको अवस्थामा घरदेखि १५ मिटर उत्तरपश्चिममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमण गरी हात्ती जंगलतर्फ भागेको छ ।प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र मृतकका छोरा विदेशमा भएका कारण शव पोस्टमार्टमको लागि कोशी अस्पतालमा लगेर राख्ने तयारी भइरहेको जनाइएको छ ।

Read More

झापा- गत स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट हल्दीवारी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी टीकादेवी राउत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । उनी नेकपा माओवादी केन्द्र हल्दीबारीकी संयोजकसमेत हुन् । हिजो एक कार्यक्रमका बिच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी राउतले १५४३ मत ल्याएकी थिइन् । चौथो स्थान ल्याएकी राउत राप्रपाकी लक्ष्मीदेवी मैनालीबाट पराजित भएकी थिइन् । त्यसैगरी लामो समय एमालेमा रहेका वडा नं २ का गाउँ कमिटी सचिव भिम मगर पनि हिजै राप्रपामा प्रवेश गरेका छन्।त्यस्तै अनेमसंघ क्रान्तिकारीकी वडा संयोजक रूपा…

Read More

बिर्तामोड- बिर्तामोड नगर अस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ। २४ घण्टे प्रसूति (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो।बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिए। उनका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ। नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ…

Read More

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलको मूल्य ३ रुपैयाँ ५५ पैसा बढेर आएकाले मूल्य समायोजन गरिएको हो । मूल्य बढेसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ ।

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ । आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् । “यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुने छ”, उनले भने ।

Read More

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश गरेको हो । गोरखा मिडिया नेटवर्कमा कानुनविपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० लगेको प्रहरीको अनुसन्धानमा उल्लेख थियो । सभापति लामिछानेविरुद्ध रु पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० बिगो माग दाबी गरिएको थियो । सभापति लामिछानेकोतर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । बचतकर्ता जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले, जिल्ला…

Read More