झापा- गत स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट हल्दीवारी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी टीकादेवी राउत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् ।
उनी नेकपा माओवादी केन्द्र हल्दीबारीकी संयोजकसमेत हुन् । हिजो एक कार्यक्रमका बिच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।
२०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी राउतले १५४३ मत ल्याएकी थिइन् । चौथो स्थान ल्याएकी राउत राप्रपाकी लक्ष्मीदेवी मैनालीबाट पराजित भएकी थिइन् ।
त्यसैगरी लामो समय एमालेमा रहेका वडा नं २ का गाउँ कमिटी सचिव भिम मगर पनि हिजै राप्रपामा प्रवेश गरेका छन्।त्यस्तै अनेमसंघ क्रान्तिकारीकी वडा संयोजक रूपा गौतम पनि पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेकी छन्।
हिजै विभिन्न पार्टी परित्याग गरी धेरैजना राप्रपा प्रवेश गरेको बताइएको छ ।