झापा- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि आक्रमण भएको हो।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ज १८७० मा सवार एक समूहले आक्रमण गरेको बताइएको छ ।
कुटपिटबाट पूर्व मुख्यमन्त्री थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ ।
कुटपिट गर्ने केही व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
