Author: खबरमञ्च

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतवार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्व उपाध्यक्ष रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताए। पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरूमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए । उनले पार्टी स्थायी कमिटी सदस्य विन्दा…

Read More

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। आइतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उनको आरोप थियो । ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको उनले बताए। उनले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गरे । केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने…

Read More

काठमाडौँ । नेपाल र अमेरिकाबिच जारी तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सुपरओभरमा जित हासिल गरेको छ। निर्धारित २० ओभरको खेल समान १ सय ७० रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपाल विजयी बन्यो। सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २-० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो। अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ। यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी-२० खेलमा १७ रनको जित निकालेको थियो। दोस्रो टी-२० मा पहिले ब्याटिङ गरेको नेपालले…

Read More

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु १९ करोड १७ लाख ४१ हजारले बढी हो । आव २०८०/८१ मा…

Read More

गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

Read More

झापा । पूर्वपश्चिम राजमार्गमा चल्ने राता रंगका बसहरूको दादागिरी र सडकमा गुड्ने प्रतिस्पर्धाका कारण दिनहुँ जस्तो दुर्घटना हुने गरेका छन्। एकले अर्कालाई जित्ने र यात्रु टिपेर हुइँकिने गर्ने गरेका काँकरभिट्टाबाट बिराटनगर र धरान रुटमा चल्ने राता रंगका बसका दादागिरीबारे सर्वसाधारणले व्यापक गुनासो पोख्दासमेत ट्राफिक प्रहरी मुकदर्शकजस्तै बनिरहेको छ। सोही प्रकृतिको दादागिरीका कारण शनिवार कमल गाउँपालिका ५ मा रातो रंगको एउटा बसले मोटरसाइकललाई घिसार्दा एक जना पुरुषको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका– ५ रबि पेट्रोल पम्पअगाडि रातो रंगको बसले ठक्कर दिएपछि घिसारेर मोटरसाइकल चालकलाई मारेको खुलेको छ। शनिवार दिउँसो १२.३० बजे पूर्वपश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१…

Read More

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गिरीबन्धु चिया बगान नजिक प्रदर्शन गरेका छन्। गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले झापा बिर्तामोडमा रहेको गिरीबन्धु चिया बगान कार्यालय अगाडि शनिवार प्रदर्शन गरेका हुन्। रास्वपाले शनिवार देशभर प्रदर्शन गरेको छ। सोही क्रममा प्रधानमन्त्री ओलीसमेतको गृह जिल्ला झापामा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। बिर्तामोडको मुक्ति चोकबाट करिब १ बजे सुरु भएको र्यालीले गिरीबन्धु टी स्टेट बुट्टाबारी पुगेर सरकारविरुद्ध चर्का नाराबाजी गरेको थियो। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी…

Read More

झापा । निर्माणाधीन बिर्तामोड–भद्रपुर सडकभित्र परेको गरामनीको दुर्गा मन्दिर नसारिने भएको छ। ऐतिहासिक एवं धार्मिकस्थल भएकाले ठेकेदार कम्पनीले दुर्गा मन्दिर नसार्ने गरी बाटो निर्माण गर्ने भएको हो। यद्यपि सडकको क्षेत्रभित्र मन्दिरको आधा भाग परेको छ। ऐतिहासिक एवं धार्मिक धरोहर भएकाले मन्दिर नसार्नेगरी गरामनी बजारमा सडक विस्तार गरिने सडक निर्माणको ठेक्का पाएको कंचन निर्माण सेवाका प्रोप्राइटर केदार गिरीले बताए। उनले मन्दिरको पछाडिपट्टीको पर्खाल चाहिँ भत्काइने जानकारी दिए। ठेकेदार कम्पनीले मन्दिर रहेको गरामनी बजारलाई छोडेर पूर्व र पश्चिमपट्टी सडक निर्माण लगभग पूरा गरिसकेको छ। दुर्गा मन्दिरको पूर्व र पश्चिम दुवैपट्टी ड्रेन बनाइसकेको ठेकेदार कम्पनीले मन्दिर भएको ठाउँमा भने काम रोकेको छ। सडकको…

Read More

गलेश्वर (म्याग्दी)- यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किनुभएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए । केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो । यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड…

Read More

पोखरा । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज शनिवार विदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाका अनुसार आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई शनिवार बिहानका राति पोखरा पुर्याइएको छ। शुक्रबार साँझ रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको बनस्थलीबाट पक्राउ गरेर उनलाई प्रहरीले पोखरा पुर्याएको हो। जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पक्राउ परेका लामिछानेलाई सडकमार्ग…

Read More