Author: खबरमञ्च
झापा । आफ्नै श्रीमतीको कर्तव्य ज्यानसम्बन्धी कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका मेचीनगरका एक व्यक्ति कतारबाट पक्राउ परेका छन्। भोजपुरको साविक युँ गा.वि.स. वडा नं.–५ स्थाई ठेगाना भइ मेचीनगर ११ धाइजनमा डेरा गरी बस्ने कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारबाट पक्राउ परेका हुन्। श्रीमतीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको थियो। प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो। एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी सोमबार उनलाई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले कानुन विपरीत क्रियाकलाप हुन नदिने बताए। दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा जोड दिए। त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद…
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलकोे टिकट बिक्री आफैँले गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए। उक्त खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाको अनुसार टिकट जावलाखेल खेल मैदान र भद्रकालीस्थित आर्मी हेडक्वाटरको गेट बाहिर गरी दुई ठाउँमा बिक्री गरिनेछ । टिकट बिहान ८ देखि वितरण हुनेछ । एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गरिने बताइएको छ । साधारण प्याराफिटतर्फ रु पाँच सय र भिआइपी…
झापा । बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो । कुमाल समुदायसँग पुर्ख्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् । स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पुर्याइने बताइन् । “दिनरात मेहनत गरिरहेका छौँ”, उनले भनिन्, “तराई र पहाडका सबैजसो बजारमा पुर्याउँछौँ ।” बाह्रदशीमा कुमाल…
बनियानी (झापा)- धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उनले बताए। “बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ”, उनले भने, “सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उनले बताए। जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’…
झापा । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाटर झापाले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाटर झापा तथा मातहत इकाईबाट विभिन्न समयमा बरामद गरेको ११ लाख ८१ हजार ९८० बराबरको ९ बोरा रहेको सशस्त्र प्रहरीले जनाएको छ। विभिन्न किसिमका आतिशबाजी पटाकाहरु स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र पत्रकारहरुको रोहबरमा सोमबार दिउँसो गणको परिसरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले जानकारी दिए।
झापा । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिने पार्टीका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ। हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईले राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति दिएको अनेमसंघका महिलाहरुको आरोप छ। प्रसाईंले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरू लगाइरहकाले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका हुन्। नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईंले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरूको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएको छ। तथ्य प्रमाण संकलन गरेर प्रसाईंलाई कानुनी…
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमीफाइनल खेलमा नेपाल विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। नेपाल फाइनलमा साविक विजेता बंगलादेशसँग भिड्नेछ। निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम निर्णय लिइएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। नेपाल सुरुवातमा दबाबमा देखिए पनि २० मिनेटपछि भने नेपाल सम्हालिएको थियो। दर्शकले भरिभराउ रङ्गशालामा सावित्रा भण्डारी, रेखा पौडेल तथा अमिषा कार्कीले गोलका अवसर बनाए पनि गोल गर्न सकेनन्। भारतले पनि केही खतरनाक अवसर बनाए पनि गोल गर्न चुकेको थियो। इन्जुरी समयमा पनि भारतले फ्रिकिकमा गोलका सुन्दर मौका चुकाएको थियो। खेलको दोस्रो हाफमा नेपाली खेलाडी रेखा पौडेलले रातो कार्ड पाइन्।…
झापा । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी साधनका लागि लागू हुने गरी टाइमकार्डको व्यवस्था गर्न यातायात व्यवासायीहरू सहमत भएका छन्। पछिल्लो समयमा झापामा यात्रुबाहक बसलगायत सार्वजनिक यातायातका साधनको ठक्करबाट मानिसको मृत्यु हुने क्रम बढेसँगै यातायात व्यवसायीहरू पनि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनका लागि टाइमकार्ड लागू गर्न सहमत भएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा आइतबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा टाइमकार्ड लागू गर्ने विषयमा सबै सरोकारवाला एकमत भएका हुन्। यातायात व्यवसायी विष्णकुमार श्रेष्ठले टाइमकार्ड लागू भए दुर्घटना न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘२०७६ सालमा लागू भएको टाइमकार्ड केही महिनापछि हट्यो।…
काठमाडौँ । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । लिग–२ मा नेपालले अमेरिका र स्कटल्याण्डसँग दुई दुई खेल खेल्ने छ । नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्नेछ…