Author: खबरमञ्च

झापा । झापाको भद्रपुरस्थित चारआली-चन्द्रगढी सडक खण्डमा दुईवटा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। गएराति अन्दाजी २१:५० बजेको भद्रपुर १० हनुमानचोकमा भएको दुर्घटनामा भद्रपुर १० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, सोही स्थानका २४ वर्षीय बिपान्सु राउतको ओमसाई पाथिभरा अस्पतालमा उपचारपछि हाल बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा अर्का घाइते २५ वर्षीय सञ्जीव गिरीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। पछाडि बसेका उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। प्रहरीका अनुसार…

Read More

काठमाडौँ । प्रेस काउन्सिल नेपालले दसैँको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा दसैँ बिदाको समयमा आएका उजुरी, गुनासामा अनुगमन र सुनुवाइ हुने जनाएको छ । सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेवसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ । नेपाली मिडियाको नियमनकारी निकाय काउन्सिलले बडादसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्वहरू र नेपाल सम्वत् ११४५ को अवसरमा सम्पूर्ण सञ्चार माध्यम, सञ्चाकर्मी, आमपत्रकार, सबै नागरिकप्रति शुभकामना प्रदान गरेको छ । चाडपर्वहरूले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै यसलाई…

Read More

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले दसैँलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार मन्त्रालयमा आयोजना गरिएको वडादसैँको शुभकामना आदानप्रदानमा मन्त्री यादवले भने, “हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।” उनले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गरे। मन्त्री यादवले भने, “विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाडौँमा पानी ल्याउन सफल भएका छौँ । जसरी पानी ल्याउन सफल भयौँ, त्यसैगरी नागरिकलाई पानी…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ। विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका कार्कीले जानकारी दिए। उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको छ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन्। नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। हाल अरनिको राजमार्ग, त्रिभुवन…

Read More

झापा । सुनसरीको इटहरी– ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन्। इटहरी– ५ शितल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टी घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी) घाँटी रेटिएको अवस्थामा फेला मंगलबार साँझ फेला परेकी हुन्। साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन्। चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ। आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक…

Read More

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी…

Read More

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मंगलबार साँझ ७ बजे त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडा लिएर बसेका ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नै श्रीमती अन्दाजी २९ वर्षकी प्रमिला तामाङको घाँटी छिनाएर हत्या गरेका हुन्। उनले श्रीमतीको घाँटी काटेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन्। तामाङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

फिक्कल (इलाम)- पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए । चार पाङ्ग्रे ठूला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उनले बताए। “सडक पुनःनिर्माणपछि अहिले साँझ ६ बजेदेखि साना सवारी साधन सञ्चालन गर्न दिएका छौँ, ठूला सवारी साधनको हकमा भने भोलि दिउँसो सडकको अवस्था बुझेर मात्र सञ्चालन…

Read More

काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण शुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलवार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण शुरु भएको छ । स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि बोलाएर सम्बोधन गरिने बताए। गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दशैँको अगाडि नै पानी पथान्त्रण शुरु गरिएको हो । 

Read More

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् । बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्‍यो ।’ मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ । त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ ।

Read More