Author: खबरमञ्च
झापा- अनिश्चितकालीन यातायात बन्दका कारण मेची राजमार्गमा यातायात ठप्प बनेको छ । झापा बुद्धशान्ति –१ पुलचोकस्थित मेची राजमार्गमा पहिचानका लागि युवा दस्ताका केन्द्रीय सह कमाण्डर एवं पहिचानवादी मोर्चाका संघीय सदस्य एबीराज आङदम्बेको नेतृत्वमा पहिचानवादी मोर्चाको संघीय सदस्य शर्मिला आङदम्बे, प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिका झापा जिल्ला सह संयोजक राजा आङथुपो, एलभी कमान्डर करण शेर्पा, मुक्कुमलुङ संघर्ष समितिका झापा जिल्ला सह संयोजक पूर्ण सुहाङलगायत करिब २५ जनाको उपस्थितिमा सडकमा बसेर यातायात रोकेका थिए। जसका कारण झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर, ताप्लेजुङ चल्ने यातायातका सवारी साधनहरु ठप्प भएका छन् । काठमाडौंबाट आएका लामो दुरीका सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ…
झापा- झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो २.३० बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र बिपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय सुजल अधिकारी घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । पिकअप चालक तेह्रथुम म्याङलुङ नगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय…
झापा- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई पुरस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिइन् । झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताइन्। पूर्वअध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन्। सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्। जिल्ला सरकारी वकिलको कार्यालयले पनि यसअघि नै रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि सहकारी गठीकै मुद्दमा रविलाई काठमाडौं जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
तेह्रथुम- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गरेका छन्। रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले सोमबार अवलोकन गरेका हुन् । पार्कको अवलोकनपछि उनले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गरे। लालीगुराँस नगरपालिकाको पहलमा निर्माण सुरू गरिएको पार्कमा युमा सङ्ग्रहालय पनि रहेको छ । पार्क एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताए।प्रचण्ड जिल्लास्तरीय राजनीतिक प्रशिक्षणको सिलसिलामा तेह्रथुम आउनुभएको प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता दुर्गाप्रसाद चापागाईंले जानकारी दिए।
झापा- शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ । शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन्। भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्रमुख कार्कीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, राजस्व शाखा प्रमुख विमल बाँस्कोटा, नेपाल प्रहरी…
झापा- इलामको सूर्योदय –७ लेप्चाटोलमा भाइको मुक्का प्रहारबाट दाई घाइते भएका छन् । आइतबार बिहान ११ः३० बजे सूर्योदय– ७ लेप्चाटोल बस्ने ३५ वर्षीय मोहन लेप्चालाई सामान्य घरायसी विवादका कारण उनकै भाइ ३१ वर्षीय बिनोद लेप्चाले मुक्का प्रहार गरी कुटपिट गरेका हुन् । मुखमा बाहिरी र छातीमा भित्री चोट लागेका घाइते मोहनलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिट गर्ने बिनोद फरार रहेकाले खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।
झापा- तेह्रथुमको छथर गाउँपालिकामा खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक बृद्धको मृत्यु भएको छ । सोमबार बिहान ११.४५ बजे छथर गाउँपालिका वडा नं.४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बूको सोही ठाउँमा रहेको परेवाखोपको पहरे खानेपानी ट्यांकीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा डुबेर मृत्यु भएको हो । स्थानीयले टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट शनिश्चरेमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बसन्तपुरबाट टोली गएको जनाइएको छ ।
झापा- मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतका ६ वटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्तालगायतका माग राख्दै मुक्कुुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका हुन् । सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् । ती संगठहरूले…
झापा- रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि १ करोड धरौटीमा छोड्ने आदेश आएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले…