Author: खबरमञ्च

झापा- झापा बिर्तामोडका एकजना व्यवसायीले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो १२.३० बजे बिर्तामोड नगरपालिका वडा नं –५ मित्रनगर टोल बस्ने २५ वर्षीय धिरज अग्रवालले विष सेवन गरी आत्महत्या गरेका हुन् । बिष सेवनपछि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् शव आफन्तले बुझेको जनाइएको छ । आर्थिक लेनदेनको तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने उनलाई चिन्नेहरूले सामाजिक सञ्जालमा लेखेका छन्।

Read More

झापा- बिहीबार दिउँसो इलाम माई नगरपालिका १ घुम्तिपाटास्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। दिउँसो २ बजे महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नं.को पिकअप गाडी ब्रेक फेल भई दुर्घटना भएको हो । चालकसहित जम्मा २६ जना घाइतेहरूलाई उद्धार गरी उपचारको लागि माई अस्पताल इलाममा पठाइएकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि २४ जना घाइतेहरूलाई बीएण्डसी बिर्तामोड ल्याइएको इलाम प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जना बालबालिका रहेका छन् । घाइते हुनेहरूः १. इलाम माई –७ बस्ने बर्ष ३० का खगेन्द्र मगर२. सोही ठाउँ बस्ने बर्ष १४ का रोमन मगर३. बर्ष १६ की भिमा…

Read More

भद्रपुर (झापा)- दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे । खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए । पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर…

Read More

झापा- इलामको एक चिया फ्याक्ट्रीमा भएको आगलागीबाट करिव ७ करोडको क्षति भएको छ। आगलागीबाट फ्याक्ट्रीको सम्पूर्ण मेशिन, स्टोर रुम, तयारी चिया, कम्प्युटर, कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो। गएराति ९ बजे लागेको आगो बिहानको राति २ बजे नियन्त्रणमा आएको थियो। इलाम नगरपालिका– ४ जस्बिरेस्थित बिश्वास सुब्बाले संचालन गर्दै आएको जस्बिरे चिया फ्याक्ट्रीमा अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेक्वा श्रीअन्तुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १५ जनाको प्रहरी टोली, इलाम र देउमाई नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।…

Read More

झापा- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन्। सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले अहिलेको परिवर्तन त्यत्तिकै नआएको बताएका हुन् । उनले हजारौँ वीर शहीदहरूको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए। माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै उनले आपत्ति जनाए।  उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन । तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो । यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन । तपाईं हामीले रगत बगाएर…

Read More

झापा- पूर्वराजा ज्ञानेन्द्र शाहलाई आन्दोलनमा बोलाउँदै राजावादीहरूले झापाको बिर्तामोडमा दीप प्रज्वलन गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिको स्वागतमा शनिवार साँझ राजावादीहरूले झापा बिर्तामोडको मुक्तिचौकमा दीप प्रज्वलन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको आयोजनामा साँझ करिव ६ बजेदेखि दीप प्रज्वलन गरिएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली जनतालाई दिएको शुभकामना सन्देशको स्वागत गर्दै राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा पार्टीको झण्डासहित ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, श्री ५ को आह्वानलाई स्वागत छ, राप्रपा जिन्दावाद’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर करिव ७०/८० जना उपस्थित रहेका थिए ।…

Read More

झापा- ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा शनिवार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो । खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो । खेलको १४ औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । चर्च ब्वाइजका किपर क्रिशल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए । खेलको ४१…

Read More

काठमाडौँ– राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिवार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे। प्रधानमन्त्री ओली र शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए। लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाइ र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन्। पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग…

Read More

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । महतले भने, “यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो । तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ । यस वर्षकै बाग्लो हिमपात भएको छ ।” पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भए पनि पाथीभरा दर्शन गर्न…

Read More

झापा- झापाको मेचीनगरमा भएको आगलागीबाट एकजना गम्भीर घाइते भएका छन् । गएराति ९ः १० बजे मेचीनगर नगरपालिका वडा नम्वर ४ आमडाँगी बस्ने ५१ वर्षीय बिरेन्द्रराज राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भइ आगलागी भएको थियो । आगो निभाउने क्रममा घरधनी बिरेन्द्रराज राई घाइते भएका हुन् । दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेर घाइते भएका राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट ३ जनाको प्रहरी टोली खटिएर राति ९ः २५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कोठाभित्र रहेको लत्ताकपडा आंशिक रुपमा जलेर क्षति भएको जनाइएको छ ।

Read More