झापा- बिहीबार दिउँसो इलाम माई नगरपालिका १ घुम्तिपाटास्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
दिउँसो २ बजे महमाईबाट दानाबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ४१९२ नं.को पिकअप गाडी ब्रेक फेल भई दुर्घटना भएको हो ।
चालकसहित जम्मा २६ जना घाइतेहरूलाई उद्धार गरी उपचारको लागि माई अस्पताल इलाममा पठाइएकोमा सामान्य उपचारपश्चात् थप उपचारको लागि २४ जना घाइतेहरूलाई बीएण्डसी बिर्तामोड ल्याइएको इलाम प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १७ जना बालबालिका रहेका छन् ।
घाइते हुनेहरूः
१. इलाम माई –७ बस्ने बर्ष ३० का खगेन्द्र मगर
२. सोही ठाउँ बस्ने बर्ष १४ का रोमन मगर
३. बर्ष १६ की भिमा मगर
४. बर्ष १४ की लिला थापा
५. बर्ष ८ की रुसी मगर
६. बर्ष १५ का फुलमान मगर
७. बर्ष २७ का वीरबहादुर सेन्चुरी ( चालक)
८. बर्ष ५२ का लोपबहादुर मगर
९.बर्ष ३६ की पबित्रा मगर
१०. बर्ष ६० की चाल्दी थापा मगर
११. बर्ष २५ की गिता मगर
१२. बर्ष १० का कर्जल तामाङ
१३. बर्ष १२ का मन्दिप मगर
१४. बर्ष १५ का बलबहादुर मगर
१५. बर्ष ११ का सिधरण गिरी
१६. बर्ष ३६ का चन्द्रबहादुर मगर
१७. बर्ष ८ का दिवस मगर
१८. बर्ष १० की लक्ष्मी परियार
१९. बर्ष १४ की समीक्षा मगर
२०. बर्ष १५ की नबिना कुमाल
२१. बर्ष १६ का दिलिप मगर
२२. बर्ष ८ का काब्य तामाङ
२३. बर्ष ३६ का धनबहादुर तामाङ
२४. बर्ष ११ की रोजिना परियार
२५ बर्ष १४ का रजिन परियार