Author: खबरमञ्च
झापा- विद्युत सर्ट भइ इलामको रोङमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । गएराति १०.४० बजे रोङ गाउँपालिका– ३ चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एक तले घरमा विद्युत सर्ट भइ अचानक आगलागी भएको हो । किराना पसल रहेको घरमा भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै पसलमा रहेका किराना सामानहरु, अन्नपात, १ थान चेन सो मेशिन, १ थान ग्रयान्डर मेशिन, तिलबहादुर भुजेलको नागरिकता, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स, पसलमा रहेको नगद अन्दाजी ६ हजार तथा अन्य कागजपत्र जलेको पीडितले बताएका छन् । उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।…
झापा- जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ । परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैत धान रोपाइँ भएको बताए। उनका अनुसार विगतमा ज्ञान केन्द्रले नमूना परीक्षणका लागि गरिएका सबै कृषि…
काठमाडौँ- राजावादी आन्दोलनका क्रममा शुक्रबार दुई जनाको ज्यान गएको छ । एक जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु हो भने एक जनाको आगजनी भएको घरमा निसास्सिएर मृत्यु भएको हो । तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाँटीमा गोली लागेका महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यले गम्भीर घाइते अवस्थामा साढे ४ बजे अस्पताल ल्याउँदा नै महर्जनको मृत्युु भईसकेको जानकारी दिए। यस्तै तीनकुनेस्थित एक घरमा भएको आगजनीमा परेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रकजको मृत्यु भएको हो । उक्त भवनमा…
काठमाडौँ- गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ । शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामि दिनमा सरकार संयमित भएर नबस्ने बताए। उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भए पनि कानूनी दायरामा ल्याइने बताए। उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको…
काठमाडौँ- सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताए । उनले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको जानकारी दिए। कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको हो । तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । आज शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनल गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू…
काठमाडौँ- संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को चैत १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरू बीचको छलफलबाट यो सहमति जुटेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो । बर्खास्तसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद् अवरुद्ध पारेका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।
काठमाडौँ- काठमाडौंको तीनकुनेमा राजावादी प्रदशर्नकारीले एक निजी घरमा ढुंगामुढा गर्नुका साथै घरमै आगो समेत लगाइदिएका छन् । तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रेपट्टिको घरमा आगलागी भएको हो । आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । उनीहरुले घरको सिसामा ढुंगा र इटा प्रहारगरी क्षतविक्षत पारेका थिए । ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको फोटोहरू सार्वजनिक भएका छन् । सुरुमा तोडफोडमा उत्रिएका प्रदर्शनकारीले पछि आगजनी गरेका हुन् । राजावादीको आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेका छन् ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीलाई प्रतिनिधिमण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुझाव दिएको छ । साविक जिल्ला विकास समितिबाट दुुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि ठेकेदारको पटकपटक अवधि थप भएको र बजेटलगायत कानुनी समस्याका कारण निर्माण कार्य…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभावी नबोल्न प्रतिपक्षी दलका नेताहरूलाई चेतावनी दिएका छन् । बुधवार काठमाडौँमा युवा संघको स्वयं सेवक भेलालाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलहरूलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न चेतावनी दिए । उनले प्रतिपक्षी दलहरूको सबै पृष्ठभूमिबारे जानकार रहेको बताउँदै ‘के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो?’ भन्नेकुरा देखिएको टिप्पणी गरे । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसदलाई बनाइरहेको टिप्पणी गरे । उनले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईंहरू । र प्रधानमन्त्रीको सम्बन्धमा…