काठमाडौँ- काठमाडौंको तीनकुनेमा राजावादी प्रदशर्नकारीले एक निजी घरमा ढुंगामुढा गर्नुका साथै घरमै आगो समेत लगाइदिएका छन् ।
तीनकुनेबाट नजिकै पर्ने सिनामंगलतर्फको देब्रेपट्टिको घरमा आगलागी भएको हो ।
आगलागीअघि उक्त घरको सिसामा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । उनीहरुले घरको सिसामा ढुंगा र इटा प्रहारगरी क्षतविक्षत पारेका थिए ।
ढुंगामुढाबाट घरको सिसाहरू छियाछिया भएको फोटोहरू सार्वजनिक भएका छन् । सुरुमा तोडफोडमा उत्रिएका प्रदर्शनकारीले पछि आगजनी गरेका हुन् । राजावादीको आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेका छन् ।
Facebook Comments Box